वैशाख १५, २०८१ शनिबार April 27, 2024

तीनवटा प्रदेशका प्रमुख पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने सरकारको निर्णय

नयाँ प्रमुखमा मधेसका लागि सुमित्रा भण्डारी, गण्डकीका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिमका लागि नजिर मियाँ सिफारिस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मन्त्रिपरिषद बैठकले तीन प्रदेशका प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद बैठकले गण्डकी, मधेस र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनु भयो ।

बैठकले कांग्रेस निकट तीन प्रदेश प्रमुखलाई पदमुक्त गर्दै सरकारले नयाँ नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । नयाँ प्रमुखमा मधेसका लागि सुमित्रा भण्डारी, गण्डकीका लागि डिल्लीराज भट्ट र सुदूरपश्चिमका लागि नजिर मियाँ सिफारिस भएका छन् ।

तत्कालीन शेरबहादुर देउवा सरकारले मधेसमा हरिशंकर मिश्र, गण्डकीमा पृथ्वीमान गुरुङ र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख बनाएको थियो । उनीहरु तीन जना कांग्रेस निकट हुन् । उनीहरुलाई हटाएर सरकारले एमाले निकट भण्डारी, भट्ट र मियालाई प्रदेश प्रमुखका लागि सिफारिस गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया