श्रावण ३१, २०८३ आइतबार August 16, 2026

पचासी हजार भेडाबाख्रालाई पिपिआरविरुद्धको खोप

भियानअन्तर्गत एक लाख ४३ हजार बाख्रालाई खोप लगाउने लक्ष्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : चितवनमा ८५ हजार १८ भेडाबाख्रालाई पिपिआरविरुद्धको खोप लगाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र भरतपुरले यही फागुन १६ देखि २२ गतेसम्म सञ्चालन गरेको अभियानका क्रममा ती भेडाबाख्रालाई खोप लगाइएको हो ।

कार्यालयका अधिकृत भीमदत्त भट्टका अनुसार ३६ हजार सात सय ५८ पाठापाठी तथा ४८ हजार दुई सय ६० वयस्क बाख्रालाई खोप लगाइएको छ । जिल्लाका सात पालिकामा उक्त खोप लगाइएको उहाँले जानकारी दिनुभयो । बाख्रामा भाइरसका कारण पिपिआर रोग सर्ने गर्दछ । यो बाख्रामा लाग्ने सरुवा रोग हो ।

यसले गर्दा बाख्रालाई ज्वरो आउने, बाक्लो सिङ्गान बग्ने, खाना नखाने, झोक्राउने र अन्तिममा मर्ने हुन्छ । यसबाट बचाउनका लागि व्यावसायिक बाख्रापालन गर्ने किसानले नियमित रेखदेख गर्ने, जैविक सुरक्षामा ध्यान दिने, बाहिरबाट खरिद गरी ल्याइएका बाख्रालाई खोप लगाएर वा रोगको छ छैन परीक्षण गरेर मात्र खोरमा मिसाउने गर्नुपर्ने अधिकृत भट्टको सुझाव छ ।

जिल्लामा हाल दुई सय १६ व्यावसायिक बाख्रा फार्म छन् । ती फार्ममा तीन लाख १३ हजार ६ सय २९ बाख्रा पालिएका छन् । यसैगरी, तीन हजार आठ सय २५ भेडा पालिएको अधिकृत भट्टले जानकारी दिनुभयो । पालिएका बाख्रा धेरै हुनु र अभियानमा खोप लगाउनेको सङ्ख्या कम हुनाका कारण रोगको जोखिम समयमा नै धेरै किसानले खोप लगाइसक्ने र बाख्रा ब्याउने समयमा खोप लगाउन नहुने भएकाले थोरै देखिएको हो ।

अधिकृत भट्टले भन्नुभयो, “व्यावसायिक किसानले खोप कुरेर नबस्ने हुँदा अभियानमा थोरै मात्रामा खोप लगाउने देखिएको हो ।” अभियानअन्तर्गत एक लाख ४३ हजार बाख्रालाई खोप लगाउने लक्ष्य लिएको थियो । प्रदेश सरकारले हरेक वर्ष अभियानका रुपमा बाख्रामा पिपिआर खोप लगाउने गरिएको छ । यो खोप भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रमा निःशुल्क उपलब्ध हुँदै आएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार