वैशाख १५, २०८१ शनिबार April 27, 2024

नेपालको कलाकौशल र संस्कृतिप्रति विश्वसमुदाय लालायित छ : राष्ट्रपति पौडेल

नेपालको सुन्दर प्रकृति र वैभवशाली संस्कृति विश्वको आकर्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको कलाकौशल र संस्कृति विशिष्ट खालको भएकै कारण विश्वसमुदाय लालायित हुने गरेको बताएका छन् । उनले नेपालले यही संस्कृति सम्पदा र सुन्दर प्रकृतिको संरक्षण र प्रचार गर्न सके पर्यटनको माध्यमबाट मुलुकको विकास र संमृद्धिको आधार खडा हुने दाबी गरे ।

बुधबार ललितपुरको बालकुमारीमा नवनिर्मित बालकुमारी मन्दिरको समुद्घाटन गर्दै राष्ट्रपति पौडेलले ललितपुर महानगरपालिकाले कला, सम्पदा र संस्कृतिको संरक्षणमा खेलेको भूमिकाको प्रशंसा गरे ।

‘आज विश्वको आकर्षण नेपालप्रति छ, किनभने हाम्रो संस्कृति, मठमन्दिर, कलाकौशल र प्रकृति विचित्रको छ । यो अत्यन्तै वैभवशाली छ । यसैका कारण हाम्रो कलाकौशल र सुन्दर संस्कृतिको अवलोकन गर्न विश्वसमुदाय लालायित छ । ललितपुर महानगरपालिकाबाट यसको संरक्षण र जगेर्ना गर्ने काम भइरहेको छ,’ राष्ट्रपति पौडेलले भने ।

उनले ललितपुर देशकै नमुना स्थानीय सरकार रहेको भन्दै त्यहाँबाट अरुले पनि सिक्नुपर्ने बताए । ‘ललितपुर महानगरपालिकाले अहिले देशभरिका स्थानीय तहबाट नमूना काम गरेर देखाएको छ । यहाँको कार्यशैली र नेतृत्वबाट अन्य स्थानीय तहले धेरै कुराहरू सिक्न सक्ने देखिरहेको छु,’ राष्ट्रपति पौडेलको भनाइ थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया