श्रावण ३१, २०८३ आइतबार August 16, 2026

ज्येष्ठ नागरिकलाई दीर्घरोगको समस्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : ज्येष्ठ नागरिक पदमादेवी कुँवरलाई दमको समस्या छ। पचहत्तर वर्ष उमेर लागेकी उनलाई ग्याष्ट्रिकको समस्याले सताएको छ।

यसबाहेक समय समयमा देखिने विभिन्न खाले स्वास्थ्य समस्याले गर्दा नियमितजसो औषधि सेवन गरिरहनुपरेको उनी बताउछिन्। ‘चिसोमा पनि दमले सताउने, गर्मीमा पनि गाह्रो हुने गर्छ’, उनले भनिन्, ‘खानपानमा निकै ध्यान दिनुपर्छ। शरीर कमजोर हुँदै गएको छ। स्वास्थ्यमा पनि विभिन्न समस्या देखिने गरेका छन्।’

कैलालीकै कृष्णादेवी सञ्याजललाई मधुमेह, उच्च रक्तचाप र नसासम्बन्धी समस्याले सताउने गरेको छ।

‘नियमित औषधि खान्छु, दीर्घरोगले सतायो’, उनले भनिन्, ‘बुढेसकालमा हाम्रो स्याहारसुसार गर्न परिवारलाई पनि समस्या हुने गरेको छ।’ उमेर ढल्कदै जाँदा मानिस शारीरिक रुपमा कमजोर हुँदै जान्छ। शारीरिक कमजोरी र उचित स्याहारसुसारको कमी र खानपान असन्तुलनले बुढेसकालमा विभिन्न खाले स्वास्थ्य समस्या देखा पर्दछन्। उनीहरु बुढेसकालमा ज्येष्ठ नागरिकलाई उचित स्याहार र परिवारको माया चाहिने बताउँछन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार