वैशाख १६, २०८१ आइतबार April 28, 2024

लुम्बिनी प्रदेशसभा अधिवेशन आज मध्यरातपछि अन्त्य हुँदै

चालु अधिवेशन तीन दिनमात्रै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी चालु अधिवेशन अन्त्य गरेका हुन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम चालु अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा जनाइएको छ । चालु अधिवेशन तीन दिनमात्रै चलेको थियो ।

प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष पाण्डेयका अनुसार कुनै ‘बिजनेस’ नभएकाले चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया