असार ३०, २०८२ सोमबार July 14, 2025

तनहुँबाट पाँच हजार विद्यार्थीले एसइई दिँदै

प्राविधिकतर्फ एक सय ३३ र ग्रेडवृद्धितर्फ ७८ परीक्षार्थी सहभागी हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः तनहुँबाट चैत १५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि झण्डै साढे पाँच हजार बढी विद्यार्थी सामेल हुने भएका छन् ।

परीक्षाका लागि पाँच हजार चार सय ६२ परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई तनहुँले जनाएको छ । इकाईका अनुसार विद्यार्थी मध्ये प्राविधिकतर्फ एक सय ३३ र ग्रेडवृद्धितर्फ ७८ परीक्षार्थी छन् ।

एसइईका लागि २६ परीक्षा केन्द्र तोकिएको इकाईका प्रमुख उद्धवराज कट्टेलले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया