असार २८, २०८२ शनिबार July 12, 2025

राष्ट्रिय सभाका दुईवटा समितिका सभापति निर्विरोध

दुवै समितिको बैठक चैत ५ गते आइतबार बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, चैत ४ गते । राष्ट्रिय सभामा रिक्त रहेका दुई समितिका सभापति निर्विरोध निर्वाचित हुने भएका छन् । सभाले सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापतिको निर्वाचन गर्न लागेको हो ।

सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले उम्मेदवारीको प्रस्ताव दर्ताका लागि तोकिएको समयभित्र दुवै समितिको सभापतिमा एक एक जनाको मात्रै प्रस्ताव दर्ता भएको जानकारी दिनुभयो । उम्मेदवारी दर्ताका लागि शनिबार बिहान ११ देखि १२ बजेर ३० मिनेटसम्मको समय तोकिएको थियो ।

सङ्घीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा नेकपा (एमाले) बाट निर्वाचित सदस्य सोनाम गेल्जेन शेर्पा र विकास, आर्थिक मामिला तथा सुशासन समितिमा नेपाली कांग्रेसबाट निर्वाचित सदस्य कमला पन्तको उम्मेदवारी दर्ता भएको हो ।

सहायक प्रवक्ता धमलाले राजनीतिक दलहरूबिच दुवै समितिको सभापति सर्वसम्मत निर्वाचित गर्ने सहमति भएबमोजिम उम्मेदवारी दर्ता भएको बताउनुभयो । रिक्त रहेका दुईमध्ये एउटामा कांग्रेस र अर्कोमा एमालेले सभापति पाउने दलहरूबिच सहमति भएको हो ।

एमालेका शेर्पाको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक गोपीबहादुर सार्की अछामी तथा समर्थकमा एमालेका इन्दिरादेवी गौतम र कांग्रेसका दुर्गा गुरुङ हुनुहुन्छ । कांग्रेसका पन्तको प्रस्तावक कांग्रेसकै नारायणदत्त भट्ट र समर्थकमा एमालेका शारदादेवी भट्ट हुनुहुन्छ ।

राष्ट्रिय सभाका एकतिहाइ सदस्यको पदावधि फागुन २१ गते सकिँदा दुई समितिको सभापति पद रिक्त भएको थियो । संशोधित राष्ट्रिय सभा नियमावलीबमोजिम रिक्त भएको १५ दिनभित्र सभापतिको चयन हुनुपर्ने हुन्छ । सो व्यवस्थाबमोजिम चैत ५ गतेभित्र रिक्त रहेका दुवै समितिले सभापति पाउनुपर्ने हुन्छ ।

सहायक प्रवक्ता धमलाले दुवै समितिको बैठक चैत ५ गते आइतबार बस्ने जानकारी दिनुभयो । उहाँले उम्मेदवारीको एकल प्रस्ताव दर्ता भएकाले समितिको आइतबारको बैठकमा छलफलपछि अध्यक्षता गर्ने सदस्यले समितिको सभापति निर्वाचित भएको घोषणा गर्ने बताउनुभयो ।

माथिल्लो सदनको सबैभन्दा ठुलो दल माओवादी केन्द्रबाट निर्वाचित सदस्य मायाप्रसाद शर्मा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापति हुनुहुन्छ । नेकपा (एकीकृत समाजवादी) बाट निर्वाचित जयन्तीदेवी राई विधायन व्यवस्थापन समितिको सभापति हुनुहुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार
प्रधानमन्त्री ओलीद्वारा खेलाडीलाई बधाई
२०८२ असार २८, शनिबार
चीनले बनायो प्रतिघन्टा ६०० किमी दौडने म्याग्लेभ रेल, देखायो प्रदर्शनीमा
२०८२ असार २८, शनिबार
गर्मीमा छालालाई जोगाउने यी पाँच घरेलु उपाय अपनाउनु होस्
२०८२ असार २८, शनिबार
‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र
२०८२ असार २८, शनिबार