वैशाख २०, २०८१ बिहिबार May 2, 2024

दोस्रो गणतन्त्र र सामाजिक लोकतन्त्र जनमत पार्टीको नयाँ नीति

संगठनको अवस्था पाँच गुणा विस्तार गर्ने कुरालाई थप १० गुणा पु¥याउने निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः जनमत पार्टीको दुई दिने केन्द्रीय समितिको बैठकले दोस्रो गणतन्त्र र सामाजिक लोकतन्त्रको लडाई लड्ने लगायतका ११ सुत्रीय निर्णय गरेको छ ।

शनिबार र आइतबार (चैत ३ र ४ गते) दुई दिनसम्म वीरगन्जमा जारी जनमत पार्टीको केन्द्रीय बैठकले यस्तो निर्णय गरेको हो ।जनमत पार्टीले भ्रष्टाचार रहित सामाजिक लोकतन्त्रको परिकल्पना गर्दै दोस्रो गणतन्त्र प्राप्तिसम्मको लडाई लड्ने गरी नयाँ निर्णय गरेको छ । त्यसको सफलताका लागि पार्टीको अघिल्लो बैठकको निर्णय संगठनात्मक अवस्था पाँच गुणा बढाउने मात्र नभई अब त्यसको पनि डबल अर्थात १० गुणा बढि विस्तार गर्ने निर्णय गरेको पर्सेली संचारकर्मी सामु निर्णय सार्वजनिक गर्दै अध्यक्ष सिके राउतले बताए ।

पार्टीले लिएको लक्ष्य प्राप्ति गर्न पार्टीको केन्द्रीय तहका नेता कार्यकर्तालाई पनि तोकिएको जिम्मेवारी पूरा गरे नगरेको कामको मूल्याँकनका आधारमा मात्र वर्तमानको पदको निरन्तरता दिने नत्र सो पदको निरन्तरता नदिनेसम्मको कडा नीति लिएको जनमत पार्टीका केन्द्रीय अध्यक्ष चन्द्रकान्त (सिके) राउतले निर्णय सुनाए ।

निर्णय सार्वजनिक गर्दै अध्यक्ष राउतले अहिले मुलुकमा भ्रष्टाचार र कमिशन तन्त्रले जरा गाडीको भन्दै स्थायी सत्ताले सरकारलाई नटेर्ने गरेको समेत दावी गरे । उनले अहिलेकै अवस्थामा मन्त्रालयमा मन्त्रीको कामै नभएकोसम्म तर्क गरे । प्रधानमन्त्री पावरफूल हुने वर्तमान नीति अनुसार प्रधानमन्त्रीले सचिवहरुलाई ठाडो निर्देशन दिने, त्यो निर्णय सचिवले मान्ने र आफ्नै मत्रालयका मन्त्रीलाई सचिवले नटेर्नेसम्मको उनले उदाहरण समेत दिए ।

जनमत पार्टीको वीरगन्ज बैठकले गरेको पहिलो नम्बर बुँदामा आफ्नै नेता कार्यकर्ताहरुलाई कामको परिणाम निकाल्ने गरी काम गराउन विगतको कामको समिक्षा गरी सो का आधारमा मात्र कामको लेखाजोखा गरी सो पदको निरन्तरता दिने–नदिने निक्र्योल गर्ने निर्णय गरेको छ । त्यसै गरी दोस्रो नम्बर बुँदामा सदस्यता अभियान, पार्टी प्रवेशमा तिव्रता, भातृसंगठन विस्तार, (अहिलेसम्म नपुगेका वर्ग व्यवसाय र उमेर समूहसम्म पुग्ने गरी) संगठन विस्तार गर्ने निर्णय गरेको छ । यसैको लागि अघिल्लो बैठकमा भएको संगठनको अवस्था पाँच गुणा विस्तार गर्ने कुरालाई थप १० गुणा पु¥याउने निर्णय गरेको छ ।

जनमतको वीरगन्जमा जारी बैठकको तेस्रो नम्बर बुँदामा आगामी रणनीति बिषयमा सडक सदन र सरकार तीनै मोर्चाको लागि सशक्त तयारी गर्ने निर्णय गरेको छ । चार नम्बर बुँदामा भने नेपालको आर्थिक विकास किन भएन ? भन्ने समिक्षा सहित दोस्रो गणतन्त्र र सामाजिक लोकतन्त्रको लडाई लड्नेसम्मको राजनीतिक प्रस्ताव पारित गरेको निर्णय छ । जनमत पार्टीले आगामी जेठ १५ गते काठमाण्डौमा विशाल आमसभा गर्न अहिलेबाटै सबैले सकृय कार्यसम्पादन गर्ने पनि निर्णय गरेको छ ।

त्यसै गरी पार्टी प्रवेश, युवा दस्ता गठन र प्रशिक्षणमा जोड दिने, प्रदेश १ मा चलिरहेको पहिचान सहितको आन्दोलनलाई साथ दिदै पहिचान सहितको सिमांकन र प्रदेशको नामाकरण गर्न नेतृत्व गर्ने, बुँदा नम्बर ७ मा पनि मधेश थरुहट आन्दोलनको मर्म बमोजिम लुम्बिनीको सिमाँकन नामाकंन परिवर्तन गराउन नेतृन्व गर्ने निर्णय भएको अध्यक्ष राउतले बताए ।

प्रदेशलाई अधिकार सम्पन्न गराउन प्रभावकारी ऐन कानून ल्याउन संघ सरकारलाई दवाव दिने, आर्थिक मन्दीका कारण फलाम लगायतका उद्योगहरु समस्याग्रस्त रहेकोले यसको समस्या तत्काल समाधान गर्न संघ सरकारलाई दवाव दिने, आगामी गर्मीयाम अगावै किसानहरुलाई मलखाल र बीउ विजनको सहज उपलब्धता गराउन संघ सरकारलाई दवाव दिने र मधेशमा गर्मीयाममा हुने खानेपानीको अभावको समस्या हल गर्न पूर्व तयारी गर्न स्थानीय सरकारलाई आवश्यक बजेट विनियोजन गर्न र संघ सरकारले समेत साथ दिने पर्ने गरी दवाव सृजना गर्ने लगायत ११ वटा निर्णय गरेको छ ।

सामाजिक लोकतन्त्र अन्तर्गत सुशासन कायम गर्न र स्थिर सरकारका लागि प्रधानमन्त्री सहित राज्यका संवैधानिक अंगका प्रमुखहरु जनताबाट प्रत्यक्ष निर्वाचित हुनुपर्ने जनमतले नीति अंगिकार गरेको निर्णय सार्वजनिक गर्दै अध्यक्ष राउतले बताएका छन् । राजधानीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री
२०८१ वैशाख २०, बिहिबार
टाढाका विद्यार्थीलाई आवासीय सुविधा
२०८१ वैशाख २०, बिहिबार
मन्त्रीपरिषद् बैठक बस्दै, बजेट अधिवेशन बोलाउने तयारी
२०८१ वैशाख २०, बिहिबार
श्रीलंकाको राष्ट्रपति निर्वाचनमा विक्रमासिङ्घे र राजापाक्षे भिड्ने सम्भावना
२०८१ वैशाख २०, बिहिबार
आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु
२०८१ वैशाख २०, बिहिबार
विद्यार्थीहरुलाई पुरा जानकारी लिएर मात्र क्यानडा आउन दुताबासको चेतावनी
२०८१ वैशाख २०, बिहिबार
आर्थिक समृद्धिको नवीन आधार सूचना प्रविधिको विस्तार
२०८१ वैशाख २०, बिहिबार