असार २३, २०८२ सोमबार July 7, 2025

पहिरोले जिप पुर्दा एक जनाको मृत्य, ५ घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गुल्मी । गुल्मीमा पहिरोले जिप पुर्दा १ जनाको मृत्यु भएको छ । शनिबार अपरान्हतिर धुर्कोट गाउँपालिका वडाम्बर ३ हर्रापाटा भन्ने स्थानमा ग १ ज ३९९७ नम्बरको जिप पहिरोमा पुरिएको हो ।

दुर्घटनामा १९ वर्षका तुल्सीराम काउछाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक राजकुमार रावलले बताएका छन ।

मदाने गाउँपालिका पुर्कोटदहबाट धुर्कोट गाउँपालिकाको सोमरभोमर भन्ने स्थानका लागि छुटेको थियो ।

पाँच जना घाइते भएका छन् । घाइते चालक प्रदीप पुन यात्रु रमेश रानाको अर्घाखाँचीको सन्धीखर्कमा उपचारको लागि लगिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरिक्षक राजीव श्रेष्ठले बताएका छन ।

अन्य ३ जना सामान्य घाइते भएकाले स्थानीय मेडिकलमा उपचार गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया