श्रावण १२, २०८१ शनिबार July 27, 2024

विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल मेडिकल कलेजमा सचेतना

कलेजको दन्त रोग विभागमा दैनिक डेढ सयदेखि दुई सयको हाराहारीमा बिरामीहरुको चाप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल मेडिकल कलेजमा सचेतना कार्यक्रम गरिएको छ । हरेक वर्ष मार्च २० मा विश्व स्वास्थ्य संगठनको आब्हानमा विश्वब्यापी रुपमा विश्व मुख स्वास्थ्य दिवस मनाइन्छ ।

कलेज अफ डेण्टल साइन्स एण्ड हस्पिटलका इन्टर्न तथा डेण्टल विद्यार्थीहरुले इमरजेन्सी भवन अगाडी मुख तथा दाँत कसरी सफा राख्ने ? कस्ता आहारविहार गर्दा मुख र दाँत स्वस्थ र सफा रहन्छ ? लगायतका बारेमा आगन्तुकहरुलाई सचेतना दिएका थिए ।

दाँतको राम्ररी स्याहार गरिएन भने मान्छेको व्यत्तित्वमै प्रभाव पर्ने भएकोले समय–समयमा दन्त चिकित्सकबाट दाँत तथा मुखको स्वास्थ्य परीक्षण गराउनु पर्ने, दाँतमा किरा लाग्न नदिन, खिइन नदिन दैनिक दुई पटक दाँत माझ्नु पर्ने, चुरोट, खैनी, गुट्खा, तम्बाकु जस्ता हानिकारक वस्तुहरु खान नहुने बारे अस्पतालमा आएका बिरामी तथा आगन्तुकलाई जानकारी दिइएको थियो ।

‘विश्व मुख स्वास्थ्य दिवसको अवसरमा हामीले यहाँ आएका भिजिटरहरुलाई मुख तथा दन्त स्वास्थ्यका बारेमा सचेतना दिएका हौं ।’ नेपाल मेडिकल कलेज डेण्टल हस्पिटलका निर्देशक डा. प्रकाश भट्टराईले बताए । कलेजमा आएका आगन्तुक तथा बिरामीहरुले मुख स्वास्थ्य, दन्त स्वास्थ्यका बारेमा विविध जानकारीहरु पाएको बताए ।

कलेजको दन्त रोग विभागमा दैनिक डेढ सयदेखि दुई सयको हाराहारीमा बिरामीहरु आउने गरेका छन् । कलेजले दन्त रोग सम्बन्धी छुट्टै अत्याधुनिक भवन समेत निर्माण गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार