वैशाख २६, २०८१ बुधबार May 8, 2024

दोहाबाट फर्किए १४६ जना नेपाली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । कतारको दोहाबाट १४६ जना नेपाली स्वदेश फर्किएका छन् । तीनजना चालकदलका सदस्य र १४६ नेपाली कामदारसहितको विमान आइतबार बिहान त्रिभूवन विमानस्थलमा अवतरण भएको हो ।

कोरोना भाइरसको महामारीबाट सिर्जना भएको असहज परिस्थितिका बिच विदेशमा अलपत्र परेका नेपाली स्वदेश फिर्ता गर्ने सरकारी निर्णय अनुसार उनीहरु नेपाल आएका हुन् । नेपाल वायुसेवा निगमको उडानबाट नेपालीहरु स्वदेश आएका हुन् ।

दोहाबाट आउनेमा २९ जना सुत्केरी र गर्भवतीसहित ८२ जना महिला, तीनजना नाबालक, र ६४ जना पुरुष रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया