एजेन्सी । जर्मन बुन्डेसलिगा फुटबलमा च्याम्पियन बायर्न म्युनिखले सहज जित निकालेको छ ।
गएराति भएको खेलमा बायर्नले फ्राइबर्गलाई तीन एक गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा बायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे । त्यस्तै जोसुवा किमिचले एक गोल गरे ।
फ्राइबर्गका लुकास होइलरले एक गोल फर्काए ।
दुई खेल अगाबै च्याम्पियन बनिसकेको बायर्नले खेलको १५औं मिनेटमा किमिचको गोलबाट अग्रता बनाएको थियो ।
खेलको २४औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई दुई शुन्यको अग्रता दिलाए ।
खेलको ३३औं मिनेटमा लुकासले गोल गर्दै फ्राइबर्गलाई दुई एक गोल अन्तरको स्थितिमा पुर्याए ।
खेलको ३७औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई तीन एक गोल अन्तरको तीन एकको सहज जित दिलाए ।
योसँगै उनले यस सिजनमा आफ्नो गोल संख्या ३३औं पुर्याउन सफल भए ।
यो जितसँगै बायर्नले ३३ खेलबाट ७९ अंक जोडेको छ ।
बायर्नको यो लगातार १५औं जित हो । बायर्न दोस्रो स्थानको बोरुसिया डर्टमण्ड भन्दा १० अंकले अघि रहेको छ ।
४५ अंक जोडेको फ्राइबर्ग आठौं स्थानमा रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया