वैशाख १५, २०८१ शनिबार April 27, 2024

सय वर्षपछि फागु पुर्णिमामा चन्द्रग्रहण तर नेपालमा नदेखिने : तीन राशीलाइ मालामाल

चन्द्र ग्रहणको अवधिमा मिथुन राशिका व्यक्तिहरूले आर्थिक बल प्राप्त गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १२ फागुन । यस वर्षको पहिलो चन्द्रग्रहण फाल्गुन पूर्णिमा अर्थात १२ चैत्रमा लाग्दैछ । तर, याे चन्द्रग्रहण नेपाल र भारतलगायतकाे क्षेत्रमा भने देखिदैँन, चन्द्रग्रहण समय यस वर्ष सय वर्ष पछि होलीमा चन्द्रग्रहण लाग्दैछ ।

यो चन्द्रग्रहण फागुन १२ अर्थात २५ मार्च बिहान १०:२३ मा सुरु हुनेछ र यो ०३:०२ बजे समाप्त हुनेछ। यो चन्द्रग्रहण नेपाल तथा भारतमा नदेख्ने भएकाले यसको सुतक अवधि पनि मान्य हुने छैन ।

आयरल्याण्ड, इङ्गल्याण्ड, स्पेन, पोर्चुगल, इटाली, जर्मनी, फ्रान्स, हल्याण्ड, बेल्जियम, दक्षिणी नर्वे, स्विट्जरल्याण्ड, उत्तर र दक्षिण अमेरिका, जापान, रुसको पूर्वी भाग, पश्चिमी अस्ट्रेलिया बाहेक अष्ट्रेलियाको बाँकी भाग र अफ्रिकाको अधिकांश भूभागबाट भने देखिनेछ।

चन्द्र ग्रहणको दिन नकारात्मक शक्ति बढी सक्रिय हुन्छ । त्यसैले ज्योतिषशास्त्र अनुसार चन्द्रग्रहणको दिन अधिकतम पूजा र पुण्य कर्म गर्नुपर्छ । यसै दिन तराइ मधेसमा होली पनि मनाइन्छ ।

शास्त्रमा चन्द्रग्रहणको दिनलाई अशुभ मानिएको छ । यस दिन नकारात्मक शक्ति बढी सक्रिय हुने जनविश्वास रहेको छ । त्यसैले ज्योतिषशास्त्र अनुसार चन्द्रग्रहणको दिन अधिकतम पूजा र पुण्य कर्म गर्नुपर्छ । यो ग्रहणले केही राशिमा भने राम्रो प्रभाव पार्ने बताइएको छ, आउनुहोस् जानौं  ।

मिथुनः चन्द्र ग्रहणको अवधिमा मिथुन राशिका व्यक्तिहरूले आर्थिक बल प्राप्त गर्नेछन्। यस राशिका व्यक्तिहरूले जुनसुकै क्षेत्रमा लगानी गर्दा मनग्य लाभ मिल्नेछ। साथसाथै उनीहरुको जीवनमा पनि खुसी रहनेछ । साथै, विद्यार्थीहरूले अध्ययनमा लाभ प्राप्त गर्नेछन्।

सिंह राशिः सिंह राशिका लागि ग्रहण शुभ रहनेछ । यो राशिका व्यक्तिहरूले नयाँ घर र कारमा लगानी गर्न सक्छन्। साथै, तिनीहरूको आर्थिक अवस्था बलियो हुनेछ। दाम्पत्य जीवनमा मधुरता रहनेछ। यसबाहेक लामो समयदेखि अधुरा रहेका कामहरू पनि पूरा हुनेछन् । यस्तो अवस्थामा यस राशिका व्यक्तिले भगवान विष्णुको साथमा लक्ष्मीको पूजा गर्नुपर्छ ।

धनुः धनु राशिका लागि आजको दिन लाभदायी रहनेछ । यस दिन देवी लक्ष्मीको विशेष कृपा हुने र आफूले लगानी गरेको क्षेत्रमा सफलता मिल्ने जनविश्वास रहेको छ । साथै आर्थिक कठिनाइ पनि हट्नेछ । यस्तो अवस्थामा यस दिन धनकी देवीको आशीर्वाद अवश्य लिनुहोस्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया