वैशाख १५, २०८१ शनिबार April 27, 2024

गुरुङ समुदायले मनाए मेँ त्हँले

खुकुरीजस्ता घरेलु हतियारको विधिवत् पूजा गरी खेल सुरु गरिने प्रचलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गुरुङ समुदायले  मेँ त्हँले (धनुष वाण विद्या) पर्व मनाएका छन् । परापूर्वकालमा आफ्नो अस्तित्व रक्षा र सिकार गर्ने हतियार धनुषवाण चलाउने विद्या प्राप्त गरेको दिनका रुपमा मेँ त्हँले (धनुष वाँण विद्या) पर्व आइतबार विभिन्न कार्यक्रम गरी देशभरका गुरुङ समुदायले मनाएका हुन् ।

यसैबीच चितवनका गुरुङ समुदायले नारायणी नदी किनारमा जारी आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक महोत्सवस्थल परिसरको गुरुङ घर प्राङ्गणमा धुमधामसँग यो पर्व मनाएका छन् । विगत वर्ष झैँ यस वर्ष पनि गुरुङ समुदायको धार्मिक संस्था ‘तमू प्ये ल्हु’ सङ्घ चितवनको आयोजनामा धनुषवाण प्रतियोगिता गरी मेँ त्हँले पर्व मनाएको सङ्घका जिल्ला अध्यक्ष विक्रम गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार यो पर्व हरेक वर्ष फागुपूर्णिमाको तिथिमा पर्छ । यो पर्वको दिन धनुषवाण हान्ने, वर्छा हान्ने, छेलो फाल्ने, कुस्ती खेल्नेजस्ता खेलको आयोजना गरिन्छ । त्यसैगरी खुकुरीजस्ता घरेलु हतियारको विधिवत् पूजा गरी खेल सुरु गरिन्छ ।

सिकारी युगमा धनुषबाणको आवश्यकता र महत्व धेरै थियो । आदिमकालमा गुरुङहरुको   महागुरुबाट शक्तिबाण (गुरुबाण) प्राप्त गरेपछि त्यसमा शक्ति छ कि छैन भनी परीक्षण गर्दा सफल भएको दिनका रुपमा यो पर्व मनाइँदै आएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया