वैशाख १५, २०८१ शनिबार April 27, 2024

रेशम चौधरी विदेशमा, रञ्जिताले बोलाइन केन्द्रीय समिति बैठक

रेशम चौधरी विदेशमा रहेका बेला आजको लागि टिकापुरमा केन्द्रीय समितिको बैठक बोलाएपछि विवाद बढ्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नागरिक उन्मुक्ति पार्टी (नाउपा) मा रहेको विवाद रोकिने संकेत देखिएको छैन ।

अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संरक्षक रेशम चौधरी विदेशमा रहेका बेला आजको लागि टिकापुरमा केन्द्रीय समितिको बैठक बोलाएपछि विवाद बढेको हो । चौधरी हाल जापान भ्रमणमा छन् ।

संरक्षक चौधरीको उपस्थिति बिना बैठक बस्न लागेको भन्दै उनी समर्थक केन्द्रीय सदस्यले बैठक बहिस्कार गर्ने तयारी गरेका छन् ।

अध्यक्ष रञ्जिता श्रेष्ठले चौधरी नभएको अवसरमा बैठक बोलाएर सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन नगर्ने निर्णय गराउन खोजेको नाउपाका नेताहरुले बताएका छन् । पार्टी अध्यक्ष श्रेष्ठले केन्द्रमा नयाँ समीकरणलाई समर्थन गरेकी छन् भने प्रदेशमा पनि सोहि समीकरणलाई समर्थन गर्नुपर्ने बताउदै आएकी छन् ।

तर संरक्षक चौधरीले भने सुदूरपश्चिममा आफ्नो दललाई सहभागी बनाएर नाउपाका ७ जना मध्ये ५ जना सांसदलाई मन्त्री बनाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया