वैशाख २७, २०८१ बिहिबार May 9, 2024

आम जनता पार्टी र समाजवादी पार्टीबीच एकीकरणको घोषणा

एकीकरणपछि प्रभु साहको नेतृत्वमा आम जनता पार्टी रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः आम जनता पार्टी र समाजवादी जनएकता पार्टीबीच एकीकरण भएको छ ।

शनिबार प्रभु साह नेतृत्वको आम जनता पार्टी र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जनएकताबीच एकीकरणको घोषणा भएको हो ।

एकीकरणपछि प्रभु साहको नेतृत्वमा आम जनता पार्टी रहने छ । यसमा जनएकता पार्टीका संयोजक नारायण श्रेष्ठ लगायतका नेताको कार्यविभाजन एवं भूमिका सम्मानजनक रहने बताइएको छ ।

कार्यक्रममा बोल्दै साहले अग्रगामी सोच र विचारका पार्टीसँग एकता गर्दै जाने बताए । ‘वर्तमान समयका प्रमुख दल र अहिलेको नेताबाट मुलुकको विकास सम्भव छैन,’ साहले भने, ‘त्यसैले अग्रगामी सोच राख्ने पार्टीसँग एकता गर्दै बलियो शक्ति निर्माण गर्ने अभियानमा छौं ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया