वैशाख २७, २०८१ बिहिबार May 9, 2024

६८ किलो गाँजासहित दुई जना प्रहरी नियन्त्रणमा

कार चालक सुरज र कारमा सवार नारायण पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनकुटा । ६८ किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अवैध लागुऔषध गाँजा करिब ६८ किलोसहित सुनसरी धरान उपमहानगरपालिका-१७ बस्ने ३० वर्षीय सुरज थापा र धरान उपमहानगरपालिका-३ बस्ने ४० वर्षीय नारायण श्रेष्ठलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले साँगुरिगढी गाउँपालिका-७ धनकुटा हुक्काबासमा बाग्मती प्रदेश ०१-०२५ च ४६७७ नम्बरको कारलाई जाँच गर्न रोक्न खोज्दा कार नरोकी कारबाट केही सामान फालेर भागेकोमा सामान तलासी गर्दा उक्त परिमाणको गाँजा फेला परेको थियो ।

उक्त कारको खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले साँगुरिगढी गाउँपालिका-६ स्थित होटल माउन्ट एभरेस्टमा फेला पारी कार चालक सुरज र कारमा सवार नारायणलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया