श्रावण ३१, २०८३ आइतबार August 16, 2026

डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द : सीरम इन्स्टिच्युट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । भारतको सीरम इन्स्टिच्युटले डिसेम्बर २०२१ देखि कोभिशिल्ड भ्याक्सिन उत्पादन बन्द गरेको बताएको छ ।

यसअघि फार्मास्युटिकल कम्पनी एस्ट्राजेनेकाले विश्वभरका बजारबाट आफ्नो कोभिड भ्याक्सिन फिर्ता लिने बताएको थियो ।

भारतको सीरम इन्स्टिच्युटले एस्ट्राजेनेकासँगको सहकार्यमा कोरोना महामारीको समयमा कोविशिल्ड भ्याक्सिन बनाएको हो ।

भारतको सीरम इन्स्टिच्युटका प्रवक्ताले भने, ‘भारतले २०२१ र २०२२ मा उच्च स्तरको खोप हासिल गरेको छ । तर नयाँ भेरियन्टको उदयसँगै पुरानो खोपको माग घटेको छ । डिसेम्बर २०२१ मा, हामीले खोप निर्माण गर्न रोक्यौं र कोभिशिल्ड खोपको आपूर्ति पनि रोक्यौं ।’

सीरम इन्स्टिच्युट अफ इन्डियाले भन्यो, ‘हामी विद्यमान सरोकार र सुरक्षा मापदण्डहरूप्रति प्रतिबद्ध छौं । सन् २०२१ मा खोपको प्याकेजिङमा असामान्य साइड इफेक्टको बारेमा जानकारी दिइएको छ ।’

एस्ट्राजेनेकाले भर्खरै बेलायती अदालतमा पेश गरेको कागजातमा पहिलो पटक स्वीकार गरेको छ कि यसको कोरोना भ्याक्सिनले केही मानिसहरूमा असामान्य साइड इफेक्टहरू निम्त्याउन सक्छ ।

कोरोना भ्याक्सिन पाएका धेरैले खोपको साइड इफेक्टको लागि क्षतिपूर्तिको माग गर्दै यो औषधि कम्पनीविरुद्ध मुद्दा दायर गरेका छन् ।

यो खोपका कारण आफूले धेरै आफन्त गुमाएका र अन्य धेरै अवस्थामा कम्पनीको कोरोना भ्याक्सिनले मानिसलाई गम्भीर नोक्सान पुर्याएको यो मुद्दा दायर गर्ने कतिपयले बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलको अबको चुनाववाट नेतान्याहु प्रधानमन्त्री नबन्न सक्छन्ः सर्वेक्षण
२०८३ श्रावण ३१, आइतबार
भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा
२०८३ श्रावण ३१, आइतबार
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द
२०८३ श्रावण ३१, आइतबार
भारतीय प्रधानसेनापति धीरज सेठ काठमाडौं आउँदै
२०८३ श्रावण ३१, आइतबार
नागार्जुनमा २४ विद्यालयबीच नेपाली हिज्जे प्रतियोगिता, ज्योति एकेडेमी प्रथम
२०८३ श्रावण ३१, आइतबार
नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवापछि सेवाग्राही आकर्षित
२०८३ श्रावण ३१, आइतबार
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार