असार २९, २०८२ आइतबार July 13, 2025

दानव नदीमा निर्माणाधीन पुल भत्कियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बुटवल । बाढीका कारण रूपन्देहीको दानव नदीमा निर्माणाधीन पुल भत्किएको छ । सियारी गाउपालिका वडा नं ५ दयानगर छपियामा दानव नदीमा सियारी र मायादेवी गाउपालिका जोड्ने निर्माणाधिन पक्की पुल भत्किएको हो ।

२०७२/०७३ मा ठेक्का सम्झौता गरिएको उक्त पुल असार मसान्तमा सक्ने गरी काम भइरहेको डिभिजन सडक कार्यालय बुटवलले जनाएको छ ।

जेठ २६ गते प्रिस्ट्रेसिङ प्रविधिबाट ढलान गरिएको पुल ढलान गरिएको १३ औँ दिनका दिन भत्किएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख ईन्जिनियर मेघराज मरासिनीले बताएका छन ।

मरासिनीका अनुसार दुईदिन पछि मात्रै लठ्ठा तान्नुपर्ने भएपनि तिनाउ खोलामा आउने बाढीको सम्भावित जोखिमलाई हेरेर दुईदिन अगाडि नै सुरक्षित गर्ने भन्दै लठ्ठा तानिएको थियो । उपकरणको प्रयोग गर्दा गर्दै बाढीले पुल बगाएको हो ।

८ करोड ५० लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको उक्त पुल भत्किँदा १ करोड बराबरको क्षति भएको पुल निर्माणको जिम्मा लिएको कम्पनी निलगिरी नेशनल जेभिका सन्चालक धनकुमार थापाले जानकारी दिएका छन ।

६० मिटर लम्बाईको उक्त पुलको ३० मिटर खण्ड फागुनको अन्त्य तिर पुल ढलान गर्ने तयारी गरिएको भएपनि लकडाउनका कारण ढिलोगरि ढलान गरिएको उनले बताएका छन ।

ठेक्का सम्झौतामा गत वैशाख १५ भित्रै सम्पन्न गर्नुपर्ने भएपनि लकडाउनका कारण असार मसान्त भित्रै सम्पन्न गर्ने गरि काम गरिरहेको अवस्थामा पुल भत्किएको थापाले बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया