वैशाख १५, २०८१ शनिबार April 27, 2024

सुन तस्करीको आरोपमा दुई जना पक्राउ

रसुवाको केरुङ नाका हुँदै सुन तस्करी गरेर काठमाडौं ल्याएको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रहरीले सुन तस्करीको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरी र गोरखाका नागरिक भएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। स्रोतका अनुसार उनीमाथि रसुवाको केरुङ नाका हुँदै सुन तस्करी गरेर काठमाडौं ल्याएको आरोप छ।

पक्राउ पर्नेहरुमा सुनसरीको इटहरी उपमहानगरपालिका-११ का २६ वर्षीय सुदीप विक र गोरखाको चुमनुब्री गाउँपालिका-६ घर भएका ३९ वर्षीय सोनाम दोर्जे लामा हुन्।

भन्सार छलेर रसुवाको केरुङ नाका हुँदै ल्याएको १२८.७ ग्राम सुन उनीहरुबाट बरामद भएको पनि प्रहरीले जनाएको छ । उनीहरुलाई थप अनुसन्धान लागि भन्सार कार्यालयमा पठाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया