वैशाख १५, २०८१ शनिबार April 27, 2024

सुदूरपश्चिममा सात जनामा कोरोना पुष्टि

भारतबाट स्वदेश फर्किएका सात जनामा कोरोना संक्रमण देखियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनगढी, १४ चैत । सुदूरपश्चिम प्रदेशमा बुधबार सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले बुधबार १२७ जनाको स्वास्थ्य परीक्षण गरेकोमा भारतबाट स्वदेश फर्किएका सात जनामा कोरोना संक्रमण देखापरेको जनाएको छ।

आइतबार र सोमबार १/१ जना, मंगलवार २ जनामा कोरोना पुष्टि भएको थियो। पछिल्लो समय सुदूरपश्चिममा कोरोना संक्रमणदर बढ्न थालेको छ। यस्तै गत शुक्रवार पनि ७ जनामा कोरोना देखिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया