वैशाख १५, २०८१ शनिबार April 27, 2024

एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित

माधव बास्तोलालाई दुई सय चार मतले पराजित गर्दै क्षेत्री अध्यक्षमा बिजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा (एमाले)जिल्ला कमिटी कास्कीको ११औँ अधिवेशनबाट अध्यक्ष पदमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित हुनुभएको छ ।

अध्यक्ष पदका अर्का उम्मेदवार माधव बास्तोलालाई दुई सय चार मतले पराजित गर्दै क्षेत्री अध्यक्षमा निर्वाचित हुनुभएको हो । बुधबार भएको मतगणनामा क्षेत्रीले पाँच सय ५१ र बास्तोलाले तीन सय ४७ मत प्राप्त गर्नुभएको हो । अध्यक्षका अर्का प्रत्याशी विवेक त्रिपाठीले जम्मा १७ मत ल्याएको निर्वाचन कमिटीले जनाएको छ ।

यस्तै, उपाध्यक्षमा  भेषराज बराल,सचिवमा लेखबहादुर तामाङ (दर्शन लामा), उपसचिवमा लालबहादुर परियार र उपसचिव महिलातर्फ सन्तुदेवी सुवेदी विजयी हुनुभएको जनाइएको छ ।

अधिवेशनबाट पदाधिकारीसहित एक सय २० जनाको कमिटी चयन भएको हो । दश प्रतिशत मनोनीत र १० प्रतिशत अन्य पार्टीबाट आएकालाई समेटेर एक सय ४१ सदस्यीय जिल्ला कमिटी बन्ने एमालेले जनाएको छ ।

अधिवेशनमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान गराइएको थियो । आगामी दुई वर्षका लागि जिल्ला कमिटीको नेतृत्व लिन एमालेका नेता÷कार्यकर्ता प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया