वैशाख १५, २०८१ शनिबार April 27, 2024

प्रधानमन्त्री प्रचण्ड र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

संक्रमणकालीन न्याय, संघीय संसद्लाई सहजरुपमा सञ्चालन गर्नेलगायतका विषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उहाँहरुबीच संक्रमणकालीन न्याय, संघीय संसद्लाई सहजरुपमा सञ्चालन गर्नेलगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए।

संसद्लाई प्रभावकारी बनाउने र राष्ट्रिय समस्या समाधानका लागि प्रमुख प्रतिपक्षी दलसँग प्रधानमन्त्री दाहालले नियमित छलफल गरिरहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया