वैशाख १५, २०८१ शनिबार April 27, 2024

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, चैत १५ गते । पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै गएको छ । कुनै देशको सरकारले आवासीय राजदूत नभएका मुलुकका प्रतिष्ठित व्यापारीलाई मनोनीत गरेपछि सम्बन्धित देशको सरकारले स्वीकृत दिएपछि अवैतनिक वाणिज्यदूत नियुक्ति हुने प्रावधान छ । परराष्ट्र मन्त्रालयको तथ्याङ्कअनुसार हाल नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत रहेका छन् ।

त्यस्तै विभिन्न ३९ देशका ६० स्थानमा नेपालका अवैतनिक वाणिज्यदूत छन् । द्विपक्षीय सम्बन्ध मजदुर बनाउन मद्दत गर्ने व्यापार, वाणिज्य र लगानी भित्र्याउन योगदान गर्ने, पर्यटन प्रवर्द्धन र निर्यात प्रवर्द्धन गर्नेलगायत उद्देश्यले अवैतनिक वाणिज्यदूत नियुक्त गर्ने गरिएको छ । मन्त्रालयलका प्रवक्ता अमृतबहादुर राईका अनुसार अवैतनिक वाणिज्यदूत भन्नाले कुनै किसिमको पारिश्रमिक नपाउने गरी नियुक्ति हुने वाणिज्यदूत तथा महावाणिज्यदूत हो ।

अवैतनिक वाणिज्यदूतसम्बन्धी नियमावली, २०३९ अनुसार अवैतनिक वाणिज्यदूत नियुक्ति गर्ने गरिएको छ । नेपाल सरकारले नियमावली बमोजिम योग्यता पुगेको व्यक्तिलाई राजदूतको सिफारिसमा अवैतनिक वाणिज्यदूत नियुक्त गर्न सक्ने प्रावधान रहेको उहाँले बताउनुभयो । अवैतनिक वाणिज्यदूतमा नियुक्ति हुने व्यक्तिको योग्यता ३५ वर्ष उमेर पूरा भएको, कुनै व्यापार, व्यवसाय वा पेसामा संलग्न रही स्वीकार गर्ने राज्यमा ख्याति प्राप्त व्यक्तिको हैसियत भएको, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको हुनुपर्ने नियमावलीमा उल्लेख छ ।

त्यस्तै नेपालप्रति सद्भाव भएको, मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरेको, नेपालको विदेश नीति, राजनीतिक व्यवस्था, आर्थिक तथा सांस्कृतिक पक्षहरूबारे यथेष्ट जानकारी भएको योग्यता हुनुपर्ने प्रवक्ता राईले जानकारी दिनुभयो । अवैतनिक वाणिज्यदूत हुन तोकिएको कन्सुलर कार्य क्षेत्रमा वर्षमा कम्तीमा छ महिना बसोबास गर्न सक्ने, आफ्नै खर्चमा कार्यालय स्थापना र सञ्चालन गर्ने इच्छा र क्षमता भएको व्यक्ति हुनुपर्ने छ ।

अनसरी कन्सुलर कर्पस नेपाल (एचसीसीएन) का सहायक डिन तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय अवैतनिक वाणिज्यदूत नियुक्ति लिने खोज्नेको सङ्ख्या बढेको बताउनुभयो । अवैतनिक वाणिज्यदूतको नियुक्तिले व्यावसायिक क्रियाकलाप बढाउन योगदान पुगेको र दूतावास नभएका मुलुकमा कूटनीतिक सम्बन्ध आदानप्रदान गर्न मद्दत पुगेको उहाँले उल्लेख गर्नुभयो । साथै जनस्तरको सम्बन्ध अभिवृद्धि, भिसाको सहजीकरण, कन्सुलर सेवामा समन्वयलगायत सहज भएको अध्यक्ष ढकालको भनाइ छ ।

नियमावली बमोजिम मित्रराष्ट्रहरूमा नेपालको लागि अवैतनिक वाणिज्यदूत नियुक्ति गर्नका लागि सिफारिस भएको व्यक्तिको सम्बन्धमा मन्त्रालयले नेपाल सरकारका सम्बन्धित निकायबाट सुरक्षा पास (सेक्युरिटी क्लियरेन्स) लिनुपर्छ । अवैतनिक वाणिज्यदूतको कार्य अवधि चार वर्षको हुनेछ । तर अवैतनिक वाणिज्यदूतले सन्तोषप्रद काम गरेको छैन भनी राजदूतको सिफारिस प्राप्त भएमा र त्यस्तो वाणिज्यदूतलाई चार वर्षको अवधि पूरा नहुँदै पनि जुनसुकै बखत नेपाल सरकारले हटाउन सक्ने प्रावधान छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आइपिएल : मुम्बई इण्डियन्समाथि दिल्लीको रोमाञ्चक जित
२०८१ वैशाख १६, आइतबार
कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता
२०८१ वैशाख १५, शनिबार
उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा सभापति देउवाले दिए धन्यवाद
२०८१ वैशाख १५, शनिबार
अन्तर व्यवस्थापिका भेलामा सात बुँदे ‘पाल्पा घोषणापत्र’ जारी
२०८१ वैशाख १५, शनिबार
‘विश्वविद्यालयहरूले अनुसन्धनात्मक शिक्षालाई प्राथमिकता दिनुपर्छ’
२०८१ वैशाख १५, शनिबार
संयुक्त मोर्चा र कार्यगत एकता जसपाका प्रमुख कार्यभार : पूर्ण बस्नेत
२०८१ वैशाख १५, शनिबार
इलाम र बझाङको उपनिर्वाचन उत्साहपूर्ण : निर्वाचन आयोग
२०८१ वैशाख १५, शनिबार