वैशाख २५, २०८१ मंगलबार May 7, 2024

यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव

समस्या समाधानका लागि कानुनी र अन्य व्यवहारिक समस्या पहिचान गरी समन्वयात्मक ढंगले अगाडि बढ्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन्।

शक्रबार बाराको सिमरामा तराई यातायात व्यवसायी संघको १७औँ वार्षिक साधारणसभामा मुख्यमन्त्री यादवले कार्यालयमा व्यवसायिकलगायत आम नागरिकले भोग्ने समस्या, ढुवानीका क्रममा हुने कठिनाइ समाधानका लागि सरकारले पहल गर्नेसमेत बताए।

‘यातायात व्यवसायीले सवारीसाधन नवीकरण, सवारी चेकजाँच, कर दाखिलाका क्रममा झेल्नुपरेका समस्या समाधानका लागि मेरो ध्यानाकर्षण भएको छ। समस्या समाधानका लागि कानुनी र अन्य व्यवहारिक समस्या पहिचान गरी समन्वयात्मक ढंगले अगाडि बढ्ने छु’, मुख्यमन्त्री यादवले भने।

त्यस्तै, यातायात व्यवसायीको सहजताका लागि बाराको पथलैयामा सम्पूर्ण काम हुनेगरी कार्यालयको विस्तारका लागि समेत पहल गर्ने मुख्यमन्त्री यादवले प्रतिवद्धता व्यक्त गरे। उनले प्रदेश सरकारले महोतरीको मठियानीमा भएको आगलागी पीडितका घर बनाउने उद्घोषसमेत गरे।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठले यातायात व्यवसायीले भोग्नुपरेका कानुनी र अन्य समस्या समाधानका लागि आफूले पनि आवाज उठाने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा संघीय सांसद अच्युत मैनाली, मधेश प्रदेशकी श्रम तथा यातायात मन्त्री बेची लुंगेली, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, नेपाल ट्रक यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष हिरालाल श्रेष्ठ, महासचिव रोजेन्द्रविक्रम बानियाँलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया