वैशाख २८, २०८१ शुक्रबार May 10, 2024

आइपिएल : मुम्बई इण्डियन्समाथि दिल्लीको रोमाञ्चक जित

९ खेलमा ३ जित र ६ हारसहित ६ अंक बटुलेर मुम्बई नवौं स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा दिल्लीले मुम्बईलाई १० रनले पराजित गरेको हो ।

दिल्लीले दिएको २५८ रनको लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २४७ रन बनाएको हो ।

मुम्बईका लागि तिलक बर्माले सर्बाधिक ६३ रन बनाए भने कप्तान हार्दिक पाण्डेयले ४६ रन बनाएका थिए । त्यस्तै सूर्यकुमार यादवले २६ र इशान किसनले २० रन बनाएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउदै २५७ रन बनाएको थियो ।

दिल्लीका लागि जेक फ्राजर म्याकग्रुकले सर्बाधिक २७ बलमा ८४ रन बनाएका थिए । त्यस्तै ट्रिसन स्टब्सले २५ बलमा ४८, अविशेक पोरेलले ३६, शाइ होपले ४१ र कप्तान ऋषव पन्तले २९ रन बनाएका थिए ।

यो जितपछि दिल्ली क्यापिटल्सको १० खेलमा ५ जित र ५ हारसहित १० अंक भएको छ र अंकतालिकामा पाँचौं स्थानमा उक्लिएको छ । त्यसैगरी मुम्बईको भने यो छैटौं हार हो ।  ९ खेलमा ३ जित र ६ हारसहित ६ अंक बटुलेर मुम्बई नवौं स्थानमा झरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
केजरीवालको अन्तरिम जमानतमा सर्वोच्चले आज फैसला सुनाउदै
२०८१ वैशाख २८, शुक्रबार
बर्डफ्लू संक्रमण मानिसबाट मानिसमा सरेको अहिलेसम्म कुनै संकेत छैन : डब्लुएचओ
२०८१ वैशाख २८, शुक्रबार
कोशी प्रदेशको बजेट अधिवेशन बैशाख ३१ गते आव्हान गर्न सिफारिस
२०८१ वैशाख २८, शुक्रबार
कर्णालीका मुख्यमन्त्री र मन्त्रीबीच विवाद हुदा ५७४ टुक्रे योजना अलपत्र
२०८१ वैशाख २८, शुक्रबार
अभिभावक बन्दै जस्टिन र हेली
२०८१ वैशाख २८, शुक्रबार
निःशुल्क ज्योतिष प्रशिक्षण कार्यक्रम सम्पन्न
२०८१ वैशाख २८, शुक्रबार
लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको पुष्टि गर्ने थप आधार भेटियो- काँग्रेस
२०८१ वैशाख २८, शुक्रबार