कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

समृद्धिका लागि जनप्रतिनिधि र कर्मचारीको समन्वय अपरिहार्य : सञ्चारमन्त्री शर्मा

आर्थिक, सामाजिक तथा पूर्वाधार लगायतको विकासमा सम्बन्धित निकायले आआफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समृद्धिका लागि जनप्रतिनिधि र कर्मचारीको समन्वय अपरिहार्य रहेको बताउनुभएको छ।

जिल्ला प्रशासन कार्यालय दाङले बिहीबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले विकास र सुशासनका लागि जनप्रतिनिधि र कर्मचारीको समन्वय र सहकार्य अपरिहार्य रहेको बताउनुभयो।

दाङ जिल्लामा भइरहेका विकास निमार्णका काम र आवश्यक बजेटका बारेका जिल्लाका स्थानीय तहदेखि विभिन्न सरकारी कार्यालयका प्रमुखसँग अन्तरक्रिया गर्दै उहाँले लक्ष्यमा पुग्न र विकास निर्माणदेखि हरेक प्रकारका सेवा नागरिकलाई सर्वसुलभ तरिकाले प्रदान गर्न समन्वय आवश्यक पर्ने बताउनुभयो।

आर्थिक, सामाजिक तथा पूर्वाधार लगायतको विकासमा सम्बन्धित निकायले आआफ्नो क्षेत्रबाट जिम्मेवारीपूर्वक काम गर्न उहाँको आग्रह थियो।

सरकार अब बजेट निर्माणको प्रक्रिया रहने बताउँदै उहाँले जिल्लामा विकास निमार्णका लागि आवश्यक योजना र बजेटको बारेमा थप जानकारी गराउन आग्रह गर्नुभएको थियो।

निर्वाचनका क्रममा जनतासँग गरेको प्रतिबद्धता अनुसार सडक, खानेपानी, सञ्चार, शिक्षा, स्वास्थ्य लगायतका विकासका पूर्वाधारमा आफूले ध्यान दिइरहेको शर्माले बताउनुभयो।

कर्मचारीले पनि देश र जनताप्रति इमान्दार भएर सरकारका नीति तथा कार्यक्रमलाई तदारुकताका साथ कार्यान्वयन गर्नुपर्ने बताउनुभयो।

उहाँले समग्र जिल्लाको विकासका लागि सङ्घीय सरकारले गर्ने हरेक प्रकारको सहयोगमा आफू प्रतिबद्ध रहेको बताउनुभयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ताकाइची एपेक सम्मेलनमा सहभागी हुन चीन जाने
२०८३ कार्तिक २७, शुक्रबार
नेपाल–चीन सम्बन्ध प्रगाढ बनाउन प्रधानमन्त्री शाहको रास्वपा सांसदलाई निर्देशन
२०८३ कार्तिक २७, शुक्रबार
नेपाल टेलिकमको ३० एमबीपीएस फाइबर र मेस एपी अफर पुस ३० सम्म कायम
२०८३ कार्तिक २७, शुक्रबार
Gold and silver prices drop
२०८३ कार्तिक २७, शुक्रबार
राष्ट्रपति पौडेलद्वारा सर्वोच्चका लागि चार न्यायाधीश नियुक्त
२०८३ कार्तिक २७, शुक्रबार
चिसापानीगढी दुर्घटनाका मृतक परिवारलाई राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग
२०८३ कार्तिक २७, शुक्रबार
Nepal stresses recognising mountain region, climate change issue as institutional agenda at COP-31
२०८३ कार्तिक २७, शुक्रबार