वैशाख १५, २०८१ शनिबार April 27, 2024

डा. प्रतिभा धौभडेल मृत फेला

घर बिदामा काठमाडौं आएकी धौभडेल बाथरुममा मृत भेटिईन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जिल्ला अस्पताल धादिङमा कार्यरत डा. प्रतिभा धौभडेल मृत फेला परेकी छिन् । ३४ वर्षीय डा. धौभडेल काठमाडौं महानगरपालिका–१३ छाउनीस्थित आफ्नै घरको बाथरुममा मृत फेला परेकी हुन्।

उनी केही दिनअघि घर बिदामा काठमाडौं आएकी थिइन्। सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले बीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए।

अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। धौभडेलले चितवनको कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस गरेकी थिइन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया