कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

फौजदारी न्याय मुलुकको न्याय प्रणालीको आधार स्तम्भ : प्रधानन्यायाधीश श्रेष्ठ

फौजदारी न्यायको प्रभावकारिता बिना न्याय प्रणाली सुदृढ बन्न सक्दैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १६ चैत : प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले फौजदारी न्यायको प्रभावकारिता बिना न्याय प्रणाली सुदृढ बन्न नसक्ने बताउनुभएको छ । शुक्रवार फौजदारी न्यायको वर्तमान अवस्था, समस्या, चुनौति र समाधानका उपायहरु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले फौजदारी न्याय मुलुकको न्याय प्रणालीको आधार स्तम्भ भएको बताउनु भयो । उहाँले समाजमा शान्ति र सुव्यवस्था कायम गरी नागरिकलाई सुरक्षाको प्रत्याभुति दिनु राज्यको प्रमुख दायित्व भएको पनि बताउनु भयो । उहाँले यसका लागि फौजदारी न्याय प्रणाली र फौजदारी न्याय प्रशासन चुस्त, दुरुस्त, प्रभावकारी एवं गुणस्तरीय हुनुपर्ने अपरिहार्य रहने बताउनु भयो । उहाँले फौजदारी न्यायको अवस्था वा स्तरले मुलुकको समग्र न्याय प्रणालीको दृष्टिकोण निर्माण गर्ने बताउनु भयो ।

उहाँले फौजदारी न्याय प्रणाली विभिन्न निकायहरुको विनियोजन मात्रै नभइ सिद्धान्त, पद्धति र मूल्यमान्यताको संयोजन पनि भएको दाबी गर्नुभयो । उहाँले फौजदारी न्यायका महत्वपूर्ण स्तम्भका रुपमा कानून कार्यान्वयन, न्याय निरुपण तथा सुधार र पुनःस्थापनासँग सम्बन्धित निकायहरु रहने र ति निकायहरुको क्रियाशिलता, प्रभावकारीता र आपसी सहयोग तथा समन्वयबाट नै फौजदारी न्याय प्रणाली जीवन्त बन्ने बताउनु भयो ।

प्रधानन्यायाधीश श्रेष्ठले फौजदारी न्याय प्रशासनका महत्वपूर्ण आयामहरु अनुसन्धान, अभियोजन, प्रतिरक्षा तथा न्याय निरुपणसँग सम्बन्धित निकायहरुको कार्यगत सम्बन्ध, आपसी समन्वय र सहकार्य बिना सुदृढ र सक्षम न्यायको गन्तव्य भेट्टाउन सकिने बताउनु भयो  ।

फौजदारी न्याय प्रणाली र प्रशासनको क्षेत्रमा पनि सुधारको आवश्यकता रहेको बताउनु भयो । उहाँले अनुसन्धान र अभियोजन फौजदारी न्याय प्रणालीका आधारशिला भएकाले वैज्ञानिक अनुसन्धान र वस्तुनिष्ठ अभियोजनले नै फौजदारी न्यायलाई सही गन्तव्य प्रदान गर्ने बताउनु भयो । सर्वोच्च अदालतले फौजदारी न्याय प्रणालीको सुदृढिकरणको लागि महत्वपूर्ण भुमिका खेल्दै आएको बताउनु भयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ताकाइची एपेक सम्मेलनमा सहभागी हुन चीन जाने
२०८३ कार्तिक २७, शुक्रबार
नेपाल–चीन सम्बन्ध प्रगाढ बनाउन प्रधानमन्त्री शाहको रास्वपा सांसदलाई निर्देशन
२०८३ कार्तिक २७, शुक्रबार
नेपाल टेलिकमको ३० एमबीपीएस फाइबर र मेस एपी अफर पुस ३० सम्म कायम
२०८३ कार्तिक २७, शुक्रबार
Gold and silver prices drop
२०८३ कार्तिक २७, शुक्रबार
राष्ट्रपति पौडेलद्वारा सर्वोच्चका लागि चार न्यायाधीश नियुक्त
२०८३ कार्तिक २७, शुक्रबार
चिसापानीगढी दुर्घटनाका मृतक परिवारलाई राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग
२०८३ कार्तिक २७, शुक्रबार
Nepal stresses recognising mountain region, climate change issue as institutional agenda at COP-31
२०८३ कार्तिक २७, शुक्रबार