वैशाख ५, २०८१ बुधबार April 17, 2024

आज शनिवार शनि भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् दैनिक राशिफल

मकरलाई आजको दिन खासै उत्साहजनक नरहन सक्छ ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मेष – रोकिएका काम बन्ने र दिगो आम्दानी हुने काम सुरु गर्न सकिने समय छ । श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ । लगनशीलताले काममा उत्साह जगाउला । सुखद यात्राको योग पनि छ । अनुकूलता वृद्धि भइ मन उत्साहित रहनेछ । इष्टमित्रको साथ-सहयोग प्राप्त हुने र आमोदप्रमोदमा रम्ने माहोल पैदा हुनेछ ।

वृष – दिन शुभदायी छ । आम्दानी बढ्नेछ भने विभिन्न भौतिक साधन जुट्नेछन् । विभिन्न अवसरले पछ्याउने योग छ । सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पुरा हुनेछन् । दाम्पत्य जीवन रमाइलो रहला । आँट वृद्धि हुनेछ भने पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।

मिथुन – आजको दिन केही चुनौतीयुक्त रहन सक्छ । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला, सावधान रहनुहोस् । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । सहयोगीहरू नै प्रतिस्पर्धीका रूपमा उभिन सक्छन् । तथापि, शत्रुमाथि विजय प्राप्त हुने योग छ । विवेकले काम गर्नेछ ।

कर्कट – समय खासै अनुकुल नभएकोले आजको दिन बाध्यतापूर्ण काममा बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्न सक्ने योग भएकोले विशेष सजगताको खाँचो छ । नजिकका साथीभाइ टाढिन सक्छन् । आफन्तहरू पनि टाढिएको अनुभूति हुन सक्छ । तथापि, आँटेका काम बिस्तारै भए पनि सम्पन्न हुनेछन् । सन्तानसुख बढ्ला । रसराग, खेलकुद र भ्रमण कार्यमा आकर्षण बढ्नेछ ।

सिंह – सहयोगीहरू जुट्नाले काममा उत्साह थपिने दिन छ । अतिथिको सम्मान गर्ने अवसर पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । खर्च भए पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । मान प्रतिष्ठा कमाउने बेला छ । राजनीति तथा सामाजिक कार्यमा सक्रिय व्यक्तिका लागि प्रसिद्धि बढ्ने योग छ । खर्च भने केह िवृद्धि हुनेछ । व्यस्तता बढ्नेछ । पारिवारिक सुखशान्ति बढ्नेछ ।

कन्या – आफ्नो प्रतिभा अरूलाई देखाउन सकिने समय छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । दिगो फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका मिल्ला । रोकिएका काम बन्नेछन् । पराक्रम वृद्धि हुनेछ भने यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । साथीभाइ एवम् आफन्तजनको साथ प्राप्त हुनेछ ।

तुला – आजको दिन स्वास्थ्य केही कमजोर रहेको अनुभूति भइ सोचेजति काम गर्न नसकिएला । तर, जिम्मेवारी भने बढिरहनेछ । हतारको निर्णयले धोका हुन सक्छ, काममा सचेत रही निर्णय गर्नुहोला । स्वास्थ्यप्रति विशेष सजगता अपनाउनु हितकर हुनेछ । पारिवारिक सुख रहनुका साथै मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ ।

वृश्चिक – बौद्धिक कार्यबाट धनलाभ हुने समय छ । प्रयत्न गरेका काम ढिलै भए पनि पूरा हुनेछन् भने रोकिएका काम बन्नुका साथै व्यवसायबाट राम्रो फाइदा हुनेछ । आँटेका काममा पाइला बढाउनु लाभकारी सावित हुनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् । कामको सन्दर्भमा उच्च व्यक्तिहरूसँग भेटघाट हुने योग पनि छ । आरोग्यता रहनेछ ।

धनु – समय लाभदायक देखिन्छ । व्यावसायिक काममा राम्रै फाइदा हुनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ला । सहयोगीहरूले साथ र हौसला दिने समय छ । प्रतिस्पर्धीहरू पछि पर्नेछन् । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । प्रेमभाव वृद्धि होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

मकर – आजको दिन खासै उत्साहजनक नरहन सक्छ । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नुका साथै समस्या थपिन सक्ने योग रहेकोले विशेष सावधान रहनु उचित हुनेछ । व्यापार-व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । प्रयत्न गर्दा अरूको मन जितेर अवसर हात पार्न सकिनेछ, ध्यान राख्नुहोला । परिवारिक सुख र आफन्तको साथ मिल्नेछ ।

कुम्भ – कर्मबल बढ्नेछ तर सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने समय छ । स्वास्थ्यगत समस्याले पनि सताउन सक्ने हुँदा विशेष सावधानी अपनाउनु उचित हुनेछ । भेटघाटमा अलमलिनाले काममा बाधा पुग्ला । घरायसी समस्याले पनि सताउन सक्छ । आकस्मिक खर्च बढ्नेछ । अर्थ अभावले बन्न लागेको काम स्थगित हुने योग छ । रचनात्मक कार्य बन्ने देखिन्छ ।

मीन – लेनदेनमा विवाद एवम् व्यावसायिक काममा विभिन्न समस्या आउन सक्छन् । आँटेका काम मुस्किलले मात्र बन्नेछन् भने खर्च वृद्धि र पैसाको अभावले काम रोकिन सक्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । भौतिक साधनको क्षति हुने योग रहेकोले विशेष सावधान रहनु हितकर होला । धर्मकर्ममा आकर्षण बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दार्चुलाको अपिमा स्वास्थ्य शिविर : ६९४ ले लिए सेवा
२०८१ वैशाख ६, बिहिबार
गण्डकी प्रदेशसभा अधिवेशन आव्हान
२०८१ वैशाख ६, बिहिबार
नासाले मंगल ग्रहका नमूनाहरू फिर्ता गर्न नयाँ डिजाइन खोज्ने
२०८१ वैशाख ६, बिहिबार
नेपाल र बंगलादेशबीच तेस्रो परराष्ट्र मन्त्रालय स्तरीय परामर्श बैठक काठमाडौंमा सम्पन्न
२०८१ वैशाख ६, बिहिबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
२०८१ वैशाख ६, बिहिबार
पाकिस्तानमा वर्षाजन्य दुर्घटनामा ७१ को मृत्यु, ६७ घाइते
२०८१ वैशाख ६, बिहिबार
सुकीलाई जेलबाट निकालेर घरमै नजरबन्दमा राखियो, यस्तो छ कारण
२०८१ वैशाख ५, बुधबार