असार २१, २०८२ शनिबार July 5, 2025

टेबलटेनिस मुख्य प्रशिक्षकमा ढुङ्गेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले टेबलटेनिसका प्रशिक्षक सञ्जिवकुमार ढुङ्गेललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । निवर्तमान मुख्य प्रशिक्षक विनोद शाक्यले ५८ वर्ष उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि ढुङ्गेललाई उक्त जिम्मेवारी दिएको राखेप प्रचारप्रसार शाखाका अधिकृत लोकेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन ।

विसं २०५२ मा सहायक प्रशिक्षकबाट राष्ट्रिय खेलकूद परिषद्को सेवामा प्रवेश गरेका ४९ वर्षीय ढुङ्गेल २०६४ सालमा प्रशिक्षकमा बढुवा भएका थिए । गत वर्ष मङ्सिरमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा उनले नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी निर्वाह गरेका थिए । नेपालले १३औँ सागमा टेबलटेनिसमा एक रजत र चार कांस्यपदक जितेको थियो । ढुङ्गेलले टेबलटेनिस खेलको विकास र विस्तारमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार