फागुण २, २०८१ शुक्रबार February 14, 2025

गजुर नभएको आलमदेवि मन्दिर

मन्दिरमा स्याङजा, पाल्पा, गुल्मी, पोखरा, बुटवल लगायतका ठाउँबाट दर्शन गर्न आउनेको भीड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालमा धार्मिक ऐतिहासिक मठ मन्दिरहरुमा प्रायः सबैमा छानो तथा गजुरसहितको निर्माण गरिएको देखिन्छ । तर स्याङजाको कालीगण्डकी गाउँपालिका-३ स्थित प्रसिद्ध धार्मिक आलमदेबि मन्दिरमा भने छानो देखिदैन ।

शाहबंसीय राजाहरुले लामो समयदेखि कुल देवताको रुपमा पूजा गरिंदै आएको उक्त मन्दिरमा भने छानो राखिएको छैन । मन्दिरमा बेलाबेलामा देवताको रुपमा आगोको झिल्काझैं बनेर आउने र रुप परिवर्तन गरेर फर्कने दृश्य देखिने हुँदा आलमदेवि मन्दिरको धार्मिक महत्त्व रहेको स्थानीयको भनाइ छ ।

सो मन्दिरमा स्याङजा, पाल्पा, गुल्मी, पोखरा, बुटवल लगायतका ठाउँबाट दर्शन गर्न आउने गरेको स्थानीय गणेश पाण्डेले बताउनुभयो ।

मन्दिरमा चारैतर्फ पर्खाल लगाई मन्दिरको बिच भाग भने खाली राखिएको छ । मन्दिरको गजुरको रुपमा भिमसेनपातीको रुख रहको छ । सोही रुखको फेदमा भक्तजनले पुजाआजा गर्दै आएका छन् ।

शाहबंसीय राजाको कुल मन्दिरको रुपमा परिचित आलमदेबी मन्दिरमा छानो राख्दा अनिष्ट हुने भएकाले छानो नराखिएको स्थानीयले बताएका छन् । आलमदेवीमा भाकल गरेमा मनोकामना पुरा हुने धार्मिक बिश्वास रहेका कारण भक्तजनहरु दर्शनका लागि आउने गरेको कालीगण्डकी गाउँपालिका वडा नं ४ का अध्यक्ष यादव प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आहारारा पोखरा गोल्डकप : नेपाल पुलिस र ब्ल्याक बुल्स एफसीबीच फाइनल भिडन्त हुँदै
२०८१ फागुण ३, शनिबार
हमासले शनिबार रिहा गर्ने तीनजनाको नाम सार्वजनिक
२०८१ फागुण २, शुक्रबार
ताप्लेजुङको आठराई त्रिवेणी पालिकाले निःशुल्क दाँत उपहार दिने
२०८१ फागुण २, शुक्रबार
सशस्त्र प्रहरीद्धारा पर्साबाट १७ लाखभन्दा बढी मूल्यको औषधी बरामद
२०८१ फागुण २, शुक्रबार
नेपाल तरुण दलको सदस्यता वितरण फागुन २९ गतेसम्म
२०८१ फागुण २, शुक्रबार
नयाँ नौ विधेयक ल्याउने मुख्यमन्त्री पाण्डेको घोषणा
२०८१ फागुण २, शुक्रबार
प्रधानमन्त्रीसँग सिङ्गापुरको सर्वना ग्रुपको भेटवार्ता : नेपालमा लगानी विस्तारबारे छलफल
२०८१ फागुण २, शुक्रबार