श्रावण ३१, २०८३ आइतबार August 16, 2026

हुम्लाको ठेहेगाउँमा निःशुल्क स्वास्थ्य शिविर

७६ ज्येष्ठ नागरिकले उक्त शिविरमा सेवा लिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिमकोट (हुम्ला), १८ चैतः हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेगाउँमा गाउँघर क्लिनिक तथा नसर्ने रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

आयुर्वेद स्वास्थ्य केन्द्रले ठेहेगाउँमा शनिबार स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै निःशुल्क औषधि वितरण गरेको थियो । एकदिने शिविरमा तीन सय १५ जनाले सेवा लिएका थिए ।

आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा सञ्चालित शिविरमा एक सय ८१ महिला र एक सय ३४ पुरुषले सेवा लिएको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख शङ्कर साह रोनिहारले जानकारी दिनुभयो । यस्तै ७६ ज्येष्ठ नागरिकले उक्त शिविरमा सेवा लिएका हुन् । सेवा लिनेमा ३५ प्रतिशत बढी ज्येष्ठ नागरिक रहेको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख रोनिहारले बताउनुभयो । सदरमुकाम सिमकोटसम्म आउन नसक्नेले सहजै सेवा लिन सकेको बताइएको छ ।

शिविरमा नसर्ने रोगको जाँच र औषधि वितरण गरिएको हो । यस्तै बाथरोग उपचार, जोर्नी, ढाड र जिउ दुख्ने बिरामीको उपचार गरिएको छ । अम्लपित्त (ग्याष्ट्रिक), पेटको समस्या, अनिद्रा, उच्च रक्तचाप, मधुमेह, उच्च रक्तचापलगायत बिरामीको उपचार गरिनुका साथै औषधि वितरण गरिएको थियो । ज्येष्ठ नागरिकलाई शक्तिवद्र्धक, स्तनपायी आमालाई दुग्धवद्र्धक औषधि वितरण गरिएको आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख रोनिहारले राससलाई बताउनुभयो ।

यसैबीच, हुम्लाको सिमकोट गाउँपालिकाले दलित विपन्न तथा एकल महिलाको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ मा विनियोजित बजेटमार्फत पहिलो चरणमा ५९ दलित विपन्न महिला तथा एकल महिलाको निःशुल्क स्वास्थ्य बीमा गरिएको गाउँपालिका स्वास्थ्य संयोजक नरबहादुर भण्डारीले बताउनुभयो । वडा नं १ मा दलित समुदायको बसोबास नभएकाले २ देखि ८ नं वडासम्मका विपन्न तथा एकल महिलाको स्वास्थ्य बीमा गरिएको संयोजक भण्डारीले राससलाई बताउनुभयो ।

यस्तै वडा नं २ का १४, वडा ३ का १०, ४ का एक, ५ का आठ, ६ का ७, वडा ७ मा आठ र वडा नं ८ का ११ जना एकल दलित महिलाको निःशुल्क स्वास्थ्य बीमा गरिएको गाउँपालिका संयोजक भण्डारीले जानकारी दिनुभयो । वडा १ मा दलित समुदायको बसोबास नभएकाले बीमा कार्यक्रम लागू नभएको हो । प्रतिव्यक्ति रु तीन हजार पाँच सय गाउँपालिकाले तिरिदिएको अध्यक्ष विजय भण्डारीले बताउनुभयो । स्वास्थ्य बीमा कार्यक्रमले लक्षित परिवारमा सहज स्वास्थ्य सेवाको पहुँच पुग्ने गाउँपालिका अध्यक्ष भण्डारी बताउनुहुन्छ । आगामी आवबाट दीर्घरोगी बिरामीको पनि निःशुल्क स्वास्थ्य बीमा गरिने उहाँले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलको अबको चुनाववाट नेतान्याहु प्रधानमन्त्री नबन्न सक्छन्ः सर्वेक्षण
२०८३ श्रावण ३१, आइतबार
भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा
२०८३ श्रावण ३१, आइतबार
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द
२०८३ श्रावण ३१, आइतबार
भारतीय प्रधानसेनापति धीरज सेठ काठमाडौं आउँदै
२०८३ श्रावण ३१, आइतबार
नागार्जुनमा २४ विद्यालयबीच नेपाली हिज्जे प्रतियोगिता, ज्योति एकेडेमी प्रथम
२०८३ श्रावण ३१, आइतबार
नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवापछि सेवाग्राही आकर्षित
२०८३ श्रावण ३१, आइतबार
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार