श्रावण ३१, २०८३ आइतबार August 16, 2026

उदयपुर जिल्ला अस्पतालमा बालरोग विशेषज्ञ सेवा बन्द

उदयपुर जिल्ला अस्पताल गाईघाटमा सञ्चालित बालरोग विशेषज्ञ सेवा भने बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः उदयपुरको जिल्ला अस्पताल गाईघाटमा सञ्चालित बालरोग विशेषज्ञ सेवा बन्द भएको छ ।

कोशी प्रदेश सरकारले गत माघमा १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार घोषणा गरेर प्रदेश स्वास्थ्य मन्त्रालयले मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा माघ ७ गते प्रदेश अस्पतालसहित चार वटा निजी क्षेत्रका अस्पतालसँग सम्झौता गरेर ती अस्पतालले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सेवा सुरु गरेपछि उदयपुर जिल्ला अस्पताल गाईघाटमा सञ्चालित बालरोग विशेषज्ञ सेवा भने बन्द भएको छ ।

नेपाल सरकारको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम मार्फत जिल्ला अस्पताल उदयपुरमा बालरोग विशेषज्ञ डाक्टर निरज सिंहले सेवा दिदैं आएका थिए । प्रदेश सरकारले  १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार घोषणा गरेपछि जिल्ला अस्पताल गाईघाटमा कार्यरत डाक्टरको सेवा सुविधामा असर पुगेको थियो ।

नेपाल सरकारको आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम मार्फत जिल्ला अस्पताल गाईघाटमा कार्यरत डाक्टरले जिल्ला अस्पतालमा भन्दा राम्रो सेवासुबिधा निजी अस्पतालहरूमा पाएपछि उहाँले राजीनामा दिनुभएको बुझिएको छ ।

यसअघि उपचारका लागि जिल्ला अस्पताल आउने बालबालिकाको उपचार बाट प्राप्त केही रकम बालरोग विशेषज्ञलाई थप गरिदिँदा डाक्टरको पारिश्रमिकमा केही राहत मिल्ने गरेको थियो भने अहिले प्रदेश सरकारले निःशुल्क उपचार सेवा सुरु गर्ने घोषणा गरेपछि डाक्टरको पारिश्रमिकमा असर परेको थियो ।

दैनिक ६० भन्दा माथि बालबालिका उपचारका लागि आउने गरेको जिल्ला अस्पताल गाईघाटमा कोशी प्रदेश सरकारको १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार घोषणा सँगै विशेषज्ञ डाक्टरको अभावमा सेवा बन्द हुन पुगेपछि उनीहरू मारमा परेका छन् । उदयपुर जिल्ल अस्पतालमा झन्डै १६ महिना सञ्चालित बालरोग विशेषज्ञ सेवा मार्फत स्थानीयले ठुलो राहत महसुस गरेका थिए यद्धपी अहिले विशेषज्ञ डाक्टरले काम छोडेपछि भने स्थानीयहरु निराश बनेका छन् ।

उदयपुर जिल्ला अस्पतालमा बालरोगको उपचार हुन छाडेपछि अब सो क्षेत्रका बालबालिकाको उपचारका लागि सुनसरीको धरान, मोरङको विराटनगर लैजानु पर्ने बाध्यता हुने भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलको अबको चुनाववाट नेतान्याहु प्रधानमन्त्री नबन्न सक्छन्ः सर्वेक्षण
२०८३ श्रावण ३१, आइतबार
भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा
२०८३ श्रावण ३१, आइतबार
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द
२०८३ श्रावण ३१, आइतबार
भारतीय प्रधानसेनापति धीरज सेठ काठमाडौं आउँदै
२०८३ श्रावण ३१, आइतबार
नागार्जुनमा २४ विद्यालयबीच नेपाली हिज्जे प्रतियोगिता, ज्योति एकेडेमी प्रथम
२०८३ श्रावण ३१, आइतबार
नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवापछि सेवाग्राही आकर्षित
२०८३ श्रावण ३१, आइतबार
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार