श्रावण ३१, २०८३ आइतबार August 16, 2026

भरतपुर अस्पतालमा कोभिड–१९ को उपचारका लागि क्लिनिकल परीक्षण गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भरतपुर अस्पतालमा कोभिड–१९ उपचारका लागि इभोल्ब क्लिनिकल परीक्षण गरिने भएको छ । भरतपुर अस्पतालले हिमालयन ट्रष्ट नेपाल र जोन्स हप्किन्स युनिभर्सिटी, संयुक्त राज्य अमेरिकाको सहकार्यमा भाइरल प्रकोपका लागि ‘एमेटिन’ नामक औषधिको क्लिनिकल परीक्षण गर्न लागेको हो ।

कोभिड–१९ विरुद्ध मुखबाट दिइने एमेटिन औषधिको प्रभावकारिता मूल्याङ्कन गर्न, अनियमित, डबल–ब्लाइन्ड, प्लेसबो–नियन्त्रितका लागि क्लिनिकल परीक्षण गर्न लागिएको हो ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमार्फत भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन एवं प्रमुख अनुसन्धानकर्ता डा कल्याण सापकोटाले कोभिड–१९ का लक्षण देखिएका बिरामीमा मुखबाट दिइने एमेटिन नामक औषधिले प्रभावकारी ढङ्गले काम गर्छ वा गर्दैन भनी जाँच गर्न लागिएको जानकारी दिनुभयो ।

यस क्लिनिकल परीक्षणले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आचारसंहिता पुनरावलोकन समिति र जोन्स हप्किन्स युनिभर्सिटीको इथिकल रिभ्यु कमिटीबाट स्वीकृति प्राप्त गरेको उहाँले जानकारी दिनुभयो । यस अध्ययनमा ५० वर्ष वा सोभन्दा माथिको उमेरकालाई सहभागी गराइने उहाँले बताउनुभयो ।

चार सय ५० जनामा अनुसन्धान गरिनेछ । अघिल्लो महिनामा भरतपुर अस्पतालमा आएका आठ जना कोभिडका बिरामी रहेको र अस्पतालसँगको सहकार्यमा केही दिनमा नै क्लिनिकल प्रयोग गरिने उहाँले बताउनुभयो ।

अर्का अनुसन्धानकर्ता जोन्स हप्किन्स विश्वविद्यालयका डा कुन्चोक दोर्जीले पहिला यो औषधि ६० एमजीको अमेरिकामा मुसामा परीक्षण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यसलाई मानिसमा अनुसन्धान गर्नका लागि ६ एमजीको औषधि प्रयोग गरिने छ ।

यस अध्ययनका प्रमुख अनुसन्धानकर्ता डा दोर्जी र डा सापकोटाले यो अध्ययन अनियमित छनौट, डबल ब्लाइन्ड प्लेसबो नियन्त्रित परीक्षण गरिने जानकारी दिनुभयो जसमा कोभिड–१९ को लक्षण भएका बिरामी समावेश हुनेछन् ।

सहभागीहरूले कम्प्युटरले गरेको अनियमिततामा आधारित छनौटबाट पाँचदेखि १० दिनका लागि अध्ययनरत औषधि एमेटिन वा प्लेसबो प्राप्त गर्नेछन् । सहभागीलाई अध्ययनमा ९० दिनसम्म क्लिनिकल मूल्याङ्कन र प्रयोगशाला परीक्षणहरूसहित पुनः मूल्याङ्कनमा भाग लिने बताइएको छ ।

कोभिड–१९ को परीक्षण गरी लक्षणको अनुभव गर्दै गरेका व्यक्तिमा परीक्षण गरिने उहाँले बताउनुभयो । उहाँका अनुसार गर्भवती, स्तनपान गराउने महिला र हाल अन्य परीक्षणअन्तर्गत अध्ययन औषधि सेवन गरेका व्यक्तिमा यसको प्रयोग गरिने छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलको अबको चुनाववाट नेतान्याहु प्रधानमन्त्री नबन्न सक्छन्ः सर्वेक्षण
२०८३ श्रावण ३१, आइतबार
भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा
२०८३ श्रावण ३१, आइतबार
प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द
२०८३ श्रावण ३१, आइतबार
भारतीय प्रधानसेनापति धीरज सेठ काठमाडौं आउँदै
२०८३ श्रावण ३१, आइतबार
नागार्जुनमा २४ विद्यालयबीच नेपाली हिज्जे प्रतियोगिता, ज्योति एकेडेमी प्रथम
२०८३ श्रावण ३१, आइतबार
नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवापछि सेवाग्राही आकर्षित
२०८३ श्रावण ३१, आइतबार
निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने
२०८३ श्रावण ३१, आइतबार