श्रावण १२, २०८१ शनिबार July 27, 2024

महिला उद्यमशीलतालाई सशक्त बनाउनुपर्नेमा मन्त्री भण्डारीको जोड

महिलाको मात्र स्वामित्व रहने गरी कुनै औद्योगिक ग्राम तथा क्षेत्रमा उद्योग स्थापना गर्न चाहेमा सरकारले स्थान उपलब्ध गराउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले महिला उद्यमशीलतालाई सशक्त बनाउनुपर्ने जोड दिनुभएको छ ।

‘स्वदेशी खाऔँ, स्वदेशी लगाऔँ, स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौँ’ भन्ने नाराका साथ महिला उद्यमी महासङ्घले आज ललितपुरमा आयोजना गरेको सातौँ अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलाको समापन समारोहमा मन्त्री भण्डारीले महिलाको मात्र स्वामित्व रहने गरी कुनै औद्योगिक ग्राम तथा क्षेत्रमा उद्योग स्थापना गर्न चाहेमा सरकारले स्थान उपलब्ध गराउने बताउनुभयो । सरकारले चाँडै महिला उद्यमशीलताको प्रवर्द्धन तथा सहजिकरण गर्ने कानुन ल्याउन लागेको उहाँको भनाइ थियो ।

आर्थिक क्रियाकलाप तथा बाहिरी गतिविधिमा महिलाको संलग्नता नरहेको उल्लेख गर्दै मन्त्री भण्डारीले आर्थिक गतिविधिमा महिलाको संलग्नताबिना देशमा विकासको सम्भावना नरहेको बताउनुभयो । उहाँले व्यापार र लगानीका गतिविधिमा महिलालाई अगाडि बढाउन सरकारले दृढ सङ्कल्पका साथ लघु, घरेलु तथा साना उद्योग सञ्चालनमा प्राथमिकता दिएको बताउनुभयो ।

मन्त्री भण्डारीले ‘मेड इन नेपाल’ कार्यक्रममा महिला उद्यमीलाई सहभागी गराएर महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवाको अन्तर्राष्ट्रियकरण गराउन सरकारका तर्फबाट प्रतिबद्धता व्यक्त गर्नुभयो । उद्यमशीलतामा महिला सहभागितालाई बढावा दिन मन्त्रालयका तर्फबाट सक्दो सहयोग रहने उहाँले उल्लेख गर्नुभयो । मन्त्रालय महिला उद्यमीसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले नेपाली महिलाले सञ्चालन गर्ने उद्योगलाई मन्त्रालयले विशेष प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाउनुभयो ।

यही चैत १६ गतेदेखि सुरु भएको उक्त मेलामा देशका विभिन्न ठाउँका महिला उद्यमीले उत्पादन गरेका विभिन्न वस्तु प्रदर्शनीमा राखिएको महासङ्घका अध्यक्ष शोभा ज्ञवालीले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार