भाद्र २९, २०८३ सोमबार September 14, 2026

क्वारेन्टिनमा रहेका एक युवाले गरे आत्महत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । बझाङको क्वारेन्टिन रहेका एक युवाले आत्महत्या गरेका छन् । छबिसपाथिभेरा गाउँपालिका–७ मजखोरी माविको क्वारेन्टिनमा बसेका स्थानीय ३० वर्षीय युवकले आत्महत्या गरेका हुन् ।

वडा नम्बर ७ का अध्यक्ष पदम मण्डेलका अनुसार तीन दिनअघि मात्र भारतको बैंग्लोरबाट आएर क्वारेन्टिनमा बसेका उनले आइतबार राति आत्महत्या गरेका हुन् ।

वडा अध्यक्ष मण्डेल भने, ‘असार ६ गतेदेखि उनी क्वारेन्टिनमा बसिरहेका थिए । अचानक आइतबार राति झुण्डिएर आत्महत्या गरेको अवस्था भेटिए ।’

पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गर्न सदरमुकामबाट स्वास्थ्यकर्मीको टोली हिँडेको वडाध्यक्ष मण्डेलले जानकारी दिएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया