कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आजै विश्वासको मत लिँदै

माओवादी केन्द्रले शाहलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शाह अल्पमतमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहले मंगलबार बिहान विश्वासको मत लिने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका हुन् ।

मुख्यमन्त्री शाहले आज दिउँसो ३ बजे विश्वासको मत लिने प्रदेशसभा सचिव देवबहादुर बोगटीले जानकारी दिए ।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि मुख्यमन्त्री शाहले २२ फागुनमा माओवादी केन्द्रका मन्त्रीहरूलाई बर्खास्त गरेका थिए । त्यसपछि माओवादी केन्द्रले शाहलाई दिएको समर्थन फिर्ता लिएको थियो । संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री शाहले त्यसको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने हुन्छ  ।

साथै विश्वासको मत लिने सूचना दुई दिनअघि नै प्रदेशसभालाई दिनुपर्ने नियमावलीमा व्यवस्था छ । उनले विश्वासको मत पाउने या नपाउने अझै स्पष्ट छैन ।

५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सांसद चाहिन्छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका (सभामुखबाहेक) १०, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘कांग्रेसको आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्नू’ : महामन्त्री पौडेलको सरकारलाई चेतावनी
२०८३ कार्तिक २७, शुक्रबार
४३ जिल्लामा देउवा कांग्रेसको जिल्ला अधिवेशन सम्पन्न, प्रदेश अधिवेशनको मिति सर्ने
२०८३ कार्तिक २७, शुक्रबार
वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. ओमकृष्ण मल्लको निधन
२०८३ कार्तिक २७, शुक्रबार
सुनचाँदीको मूल्य ह्वात्तै घट्यो
२०८३ कार्तिक २७, शुक्रबार
आवासीय विद्यालय बनाउन म्याग्दीमा महायज्ञ
२०८३ कार्तिक २७, शुक्रबार
धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड
२०८३ कार्तिक २७, शुक्रबार
Minister Timilsina Holds Bilateral Talks with Qatar, Estonia on Digital Cooperation
२०८३ कार्तिक २७, शुक्रबार