कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी पेस गर्न प्रदेश प्रमुखको आह्वान

बैशाख २ गते आइतबार बेलुका ५ बजेभित्र दाबी पेस गर्न आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सुदूरपश्चिममा १० दिनभित्र नयाँ सरकार नियुक्ति गर्न प्रदेश प्रमुखले दलहरुलाई आह्वान गरेका छन् ।

प्रदेशमा मुख्यमन्त्रीको राजीनामासँगै मध्यावधिको चिन्ता गरिएको बेला प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएसँगै काुननी परामर्श लिएका थिए । प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेशराज ढूंगानाका अनुसार प्रदेश प्रमुखले बिहीबारदेखि नै कानुनी परामर्श सुरु गरेका थिए ।

धारा १६८ (५) को सरकार बनाउन आह्वान गर्दा पनि सरकार बन्ने ठोस आधार नदेखिएपछि मध्यावधिमा जान नदिन के गर्न सकिन्छ भनेर शुक्रबार पनि प्रदेश प्रमुखले कानुनी परामर्श लिएका हुन् । अधिकांशले संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्रीले विश्वासको मत पाइसकेकाले १६८ (५) को सरकार बनाउनैपर्छ भन्ने बाध्यता नभएको भन्दै उपधारा २ तर्फ फर्कन सुझाव दिएका थिए ।

सोहि सुझावका आधारमा प्रदेश प्रमुखले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न २०८१ बैशाख २ गते आइतबार बेलुका ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरिएको छ ।

बिहीबार मुख्यमन्त्री कमलबहादुर शाहले दिएको राजीनामा शुक्रबार प्रदेश प्रमुख मियाँले स्वीकृत गरी अर्को मुख्यमन्त्री नहुँदासम्म प्रदेशको कार्यभार सम्हाल्ने जिम्मेवारी तोकिसकेका छन् । अहिले नागरिक उन्मुक्तिले पनि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री मागेको छ । खास गरी पार्टी संरक्षक रेशमलाल चौधरीले मुख्यमन्त्री मागेका हुन् । नागरिक उन्मुक्ति संसदीय दलका नेता धनश्याम डगौरा थारूले यसबारे केन्द्रीय कमिटी बैठकले नै निर्णय गर्ने बताएका छन् ।

बिहीबार नागरिक उन्मुक्तिकै दुई सांसद अनुपस्थित भएपछि शाहले विश्वासको मत पाउने अवस्था नदेखेपछि राजीनामा दिएका थिए । सुदूरपश्चिममा कांग्रेसका १८, माओवादी केन्द्र सभामुखसहित ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र स्वतन्त्र एकजना प्रदेशसभा सदस्य छन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभाको बहुमतका लागि २७ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘कांग्रेसको आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्नू’ : महामन्त्री पौडेलको सरकारलाई चेतावनी
२०८३ कार्तिक २७, शुक्रबार
४३ जिल्लामा देउवा कांग्रेसको जिल्ला अधिवेशन सम्पन्न, प्रदेश अधिवेशनको मिति सर्ने
२०८३ कार्तिक २७, शुक्रबार
वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. ओमकृष्ण मल्लको निधन
२०८३ कार्तिक २७, शुक्रबार
सुनचाँदीको मूल्य ह्वात्तै घट्यो
२०८३ कार्तिक २७, शुक्रबार
आवासीय विद्यालय बनाउन म्याग्दीमा महायज्ञ
२०८३ कार्तिक २७, शुक्रबार
धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड
२०८३ कार्तिक २७, शुक्रबार
Minister Timilsina Holds Bilateral Talks with Qatar, Estonia on Digital Cooperation
२०८३ कार्तिक २७, शुक्रबार