असार २१, २०८२ शनिबार July 5, 2025

‘पुलिसी चेल्सीका महत्त्वपूर्ण खेलाडी बन्दै’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

एजेन्सी । प्रिमियर लिग क्लब पछिल्लो समय लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ । चेल्सीले कोरोना भाइरसको महामारीपछि लिगको पहिलो खेल खेल्दै एस्टोन भिल्लाविरुद्ध सहज जित निकालेको छ । लिगको चौथो स्थानमा रहेको चेल्सीको ३० खेलबाट ५१ अंक छ ।

यो सिजन चेल्सी बाँकी रहेका खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्ने योजनामा छ । चेल्सीले च्याम्पियन्स लिग खेल्ने योजना बनाएको छ । प्रिमियर लिगमा भने शीर्ष चारमा पर्दै च्यम्पियन्स लिग खेल्नका लागि प्रतिस्पर्धा छ । चेल्सीका मुख्य प्रशिक्षक फ्रान्क लाम्पार्डले क्रिस्ट्रियन पुलिसी पछिल्लो समय क्लबका लागि महत्त्वपूर्ण खेलाडी भएको बताएका छन् ।

“लामो समय पनि उनको मैदानमा खेल आक्रमण देख्न सकिन्थ्यो । उनी मैदानमा एक उत्कृष्ट खेलाडीको पहिचान देखाइरहेका थिए । पुलिसी हाल क्लबका लागि महत्त्वपूर्ण खेलाडी हुन्,” लाम्पार्डले भने ।

पुलिसीले एस्टोन भिल्लाविरुद्ध खेलको ६०औँ मिनेटमा क्लबका लागि बराबरी गोल फर्काएका थिए । त्यसपछि ओलिभर जिरोउडले ६२औँ मिनेटमा गोल गर्दा चेल्सीले २–१ गोल अन्तरले जित निकालेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार