वैशाख २५, २०८१ मंगलबार May 7, 2024

पाथीभरा माताको दर्शन गर्दै थाहा पाउनुहोस् आजको दैनिक राशिफल

कन्यालाई आज  प्रतिस्पर्धामा विजयी भइने र रोकिएका काम बन्नाले उत्साह जाग्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मेष – आजको दिन तपाईंको अनुकुल नै रहला । अप्ठ्यारो परिस्थितिमा पनि काम बन्नेछन् । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ भने सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन् । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । आरोग्यता रहनेछ । साझेदारीको काम बन्नेछ ।

वृष – लगनशीलताले राम्रै उपलब्धि दिलाउने तथा समय लागे पनि गरेको काम सम्पादन हुने समय छ । आश मारेको कार्यको फल पनि पुनः प्राप्त हुने योग छ । तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने योग रहेकोले सचेत भइ कार्य–व्यवहार गर्नु हितकर हुनेछ । परिवारजनको सहयोग लिने प्रयत्न गर्नुहोला । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । यात्रापरक काम बन्ने देखिन्छ ।

मिथुन – केही चुनौतीको सामना गर्नुपर्ने समय छ । स्वास्थ्यमा अलिक कमजोरी अनुभूति हुन सक्छ । व्यापार-व्यवसायमा लाभ हुनेछ भने व्यावसाय विस्तारका लागि यात्रा पनि हुन सक्ने देखिन्छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, विवेकले काम लिने प्रयत्न गर्नुहोला । पराक्रमका साथै बौद्धिकता र रचनात्मकता बढ्नेछ भने समस्याको समाधान प्राप्त हुनेछ । मान पुरस्कार प्राप्तिको योग छ ।

कर्कट – व्यस्तता बढेपनि दिन मनोरञ्जनपूर्ण रहनेछ । कार्ययोजनामा सफलता पाइएला । दाम्पत्य सम्बन्धमा रमाउने समय छ । प्रेमको बन्धन कसिएर जाला । सोख पूर्तिका लागि खर्च बढ्ने योग छ । सवल स्वास्थ्यका लागि खानपानमा सजग रहनु हितकर होला । आलस्यले गर्दा अवसर गुम्न सक्छ, ध्यान राख्नुहोला । आफ्ना कुरा तौलेरमात्र व्यक्त गर्नु बुद्धिमानी सावित हुनेछ । साथीभाइको सहयोग प्राप्त हुनाले सुखको भाव पैदा हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह – दिन शुभदायी देखिन्छ । आम्दानी राम्रैसँग वृद्धि हुने र नयाँ सवारी साधनप्राप्तिको योग रहेको छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । बिनाप्रतिस्पर्धा फाइदा हुने समय छ । तथापि, अरूको मात्र भरपर्दा काम रोकिन सक्छ । हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्ने कुरा मनन गरी कदम अघिबढाउनु उचित हुनेछ । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख बढ्ने योग छ ।

कन्या – प्रतिस्पर्धामा विजयी भइने र रोकिएका काम बन्नाले उत्साह जाग्ने समय छ । आफ्नो अधिकार स्थापित गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् । अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिने योग छ । मित्रजन एवम् सहयोगीहरूले राम्रो साथ दिनेछन् । दौडधुपका साथै जोखिम केही बढ्ने देखिन्छ । समस्याको समाधान मिल्नेछ ।

तुला – इर्ष्या गर्नेहरूले काममा अवरोध पुऱ्याउन सक्ने समय रहेकोले विशेष सावधानी अपनाउनु हितकर होला । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा ज्यादा फलदायी हुनेछ । चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । सामर्थ्र्यका साथै खर्चको मात्रा पनि बढ्ने देखिन्छ, ध्यान राख्नुहोला । व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति बन्ला । आफ्नै कमजोरीले विवादमा पर्न सकिने सम्भावना रहेकोले बोली र व्यवहारमा विशेष संयमता अपनाउनुहोला ।

वृश्चिक – व्यापार-व्यवसाय लगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुने समय भएपनि मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना छ । अध्ययन तथा पठनपाठन एवम् लेखनमा खासै मन नलागे पनि आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नेछन् । स्वादिष्ट भोजनमा मन रमाउनेछ । आरोग्यता रहला । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता रहनेछ ।

धनु – आजको दिन मिश्रित फलदायी रहला । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा हितकर हुनेछ । पहिलेको सम्झौताले अप्ठ्यारो पार्न सक्छ । भेटघाटको अलमलले नोक्सान पुऱ्याउन सक्छ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने सम्भवना छ । प्रतिकुलताका बाबजुद प्रेमभाव वृद्धि हुनेछ । कर्मबल बढ्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । तथापि, अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनसक्छ । कमजोर मानसिकताले पछि परिनेछ भने हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ, प्रयत्न गर्नु उचित होला । नियमकानूनले साथ दिनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ – पुरानो चालले काम बिग्रन सक्छ, त्यसैले आफूलाई परिमार्जित गरी व्यवहार गर्ने कोशिस गर्नु हितकर होला । विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषिमा त्यत्ति लाभ नभएपनि अन्य माध्यमबाट धन आर्जन गर्ने अवसर जुर्न सक्छ । पारिवारिक जमघटमा मन रमाउनेछ ।

मीन – लगनशीलताले राम्रै उपलब्धि दिलाउने र बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिने समय छ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा हुनेछ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । रसरागमा आकर्षण रहला । आफन्तको साथ मिल्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया