कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

प्रदेशस्तरीय सुरक्षा गोष्ठी जनकपुरमा सुरु

मधेस प्रदेशका आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुखसहित जिल्ला सुरक्षा समितिका सदस्य सहभागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः प्रदेशस्तरीय सुरक्षा गोष्ठी जनकपुरमा सुरु भएको छ। नेपाल सरकार (गृह मन्त्रालय) र मधेस सरकार (गृह, सञ्चार तथा कानुन मन्त्रालय)को संयुक्त आयोजनामा सुरक्षा गोष्ठी सुरु भएको हो।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा गोष्ठीको उद्घाटन गरे। गोष्ठीमा मधेस प्रदेशका आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुखसहित जिल्ला सुरक्षा समितिका सदस्य सहभागी छन्।

तीन सत्रमा बाँडिएको गोष्ठीमा आठै जिल्लाका प्रजिअले आफू नेतृत्वको जिल्लाको वस्तुस्थिति ब्रिफिङ गर्नेछन्। त्यस्तै, सहसचिव द्वय नारायणप्रसाद भट्टराई र राजेन्द्रदेव पाण्डेले गृह मन्त्रालयको तर्फबाट कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ।

शान्ति सुरक्षा, सेवा प्रवाह, अपराध नियन्त्रण, विपद् व्यवस्थापन, जनगुनासो सम्बोधनलगायत क्षेत्रमा सङ्घीय र प्रदेश सरकारका निकायबीच समन्वय र सहकार्यलाई थप मजबुत बनाउन गोष्ठीले योगदान गर्ने गृह मन्त्रालयको विश्वास लिएको छ।

गोष्ठीमा नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारी, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले निर्देशन मन्तव्य राख्ने छन्।

गोष्ठीको समापन सत्रमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्कर, मधेस सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखी, मुख्यमन्त्री सरोजकुमार यादव र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्।

गृह मन्त्रालयका सचिव एकनारायण अर्यालको अध्यक्षतामा सुरु भएको गोष्ठी आजै सकिने छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘कांग्रेसको आन्तरिक राजनीतिमा हस्तक्षेप नगर्नू’ : महामन्त्री पौडेलको सरकारलाई चेतावनी
२०८३ कार्तिक २७, शुक्रबार
४३ जिल्लामा देउवा कांग्रेसको जिल्ला अधिवेशन सम्पन्न, प्रदेश अधिवेशनको मिति सर्ने
२०८३ कार्तिक २७, शुक्रबार
वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. ओमकृष्ण मल्लको निधन
२०८३ कार्तिक २७, शुक्रबार
सुनचाँदीको मूल्य ह्वात्तै घट्यो
२०८३ कार्तिक २७, शुक्रबार
आवासीय विद्यालय बनाउन म्याग्दीमा महायज्ञ
२०८३ कार्तिक २७, शुक्रबार
धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड
२०८३ कार्तिक २७, शुक्रबार
Minister Timilsina Holds Bilateral Talks with Qatar, Estonia on Digital Cooperation
२०८३ कार्तिक २७, शुक्रबार