काठमाण्डौः भारतद्वारा अतिक्रमित भूमि, मिलेनियम च्यालेन्स कर्पोरेसन एमसीसी विवाद लगायत राष्ट्रियताको बिषयमा नेपालीलाई जागरण ल्याउने गित सार्वजनिक भएको छ । लेखक तथा पत्रकार नारायण नेपालले ‘विदेशी हैकम’ बोलको गित सार्वजानिक गरेका हुन् ।
संगीत दिवसको अवसर पारेर गीत युटुबमार्फत सार्वजनिक गरेकोे ‘विदेशीको हैकम’ मा नेपालको शब्दमा नारायण दंगालको संगित रहेको छ । ‘उठ जाग नेपाली जनता हो’ शब्दमा ममता खड्का र दामोदर न्यौपानेको स्वर दिएका छन् ।
गीतको म्युजिक भिडियोमा गायकद्धय खड्का र न्यौपानेसहित दीपक लामा, सम्राट घिमिरे, दिप शेर्पाली लगायतले अभिनय गरेका छन् । म्युजिक भिडियो दिप शेर्पालीले निर्देशन गरेका हुन् । नेपाली खोलानाला नदिसमेत विदेशीको कब्जामा पुगेको, सिमानाका बासिन्दा सास्तीमा रहेको भाव गितमा झल्काइएको नेपालले बताए ।
‘विदेशी हैकम सहनुहुँदैन, एकजुट भएर प्रतिकार गर्नुपर्छ भन्ने सन्देश गीतबाट दिइएको नेपालको भनाइ छ । यसअघि नेपालले एनसेलको करछुट बोलको अडियो गित बजारमा ल्याएका थिए । नेपालले नेपाली विद्यार्थी राजनीति, साहित्य, यात्रा संस्मरण लगायतका बिषयमा विभिन्न पुस्तक लेखिसकेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया