काठमाडौंः स्पेनिस लिग फुटबलमा रियल मड्रिड अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा उसले रियल सोसीडाडलाई पराजित गरेको हो । रियल मड्रिडले सोसीडाडलाई २-१ ले हराएको हो ।
मड्रिडलाई विजयी गराउन सर्जियो रामोस र करिम बेन्जमाले एक एक गोल गरे । सोसिडाडका लागि मेरिनोले एक गोल फर्काए ।
यो जितिसँगै रियल मड्रिड ला लिगामा ३० खेलबाट ६५ अंक जोड्दै तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट समान ३० अंक जोडेको बार्सिलोना हेड टु हेडको आधारमा दोस्रो स्थानमा झरेको छ । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया