वैशाख १८, २०८१ मंगलबार April 30, 2024

वैशाख ६ र ७ मा बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले यही वैशाख ६ र ७ गते बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्दै छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको पोषण शाखा प्रमुख लीलाविक्रम थापाले ‘राष्ट्रिय भिटामिन ‘ए’ को सबै तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँका अनुसार भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ ।

उहाँले भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने बताउनुभयो । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित खुवाउन थालेको हो ।

उहाँले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिने बताउनुभयो ।

पोषण शाखा प्रमुख थापाले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमसँगै सोही दिन खोप लगाउन छुटेका बालबालिका खोप पनि लगाइने बताउनुभयो । “भिटामिन ए र जुकाको औषधि खुवाउन आएका अभिभावकलाई तपाईँको बच्चाले कुनै खोप लगाउन छुटेको छ कि छैन भनेर महिला स्वयंसेविकाले सोध्ने गर्दछन्,” उहाँले भन्नुभयो, “यदि खोप लगाउन छुटेको हो भने नजिकैको स्वास्थ्य संस्थामा गई खोप लगाउन महिला स्वयंसेविकाले अनुरोध गर्दछन् ।” सरकारले प्रत्येक आर्थिक वर्षमा कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने गरेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गैरसंवैधानिक अभ्यास नगर्न मुख्यमन्त्री कार्कीले लेखे प्रदेश प्रमुखलाई पत्र
२०८१ वैशाख १८, मंगलबार
स्टिङ अपरेसनको सत्य तथ्य बाहिर ल्याउनुपर्छ : जनार्दन शर्मा
२०८१ वैशाख १८, मंगलबार
कर्णाली प्रदेशमा माओवादी केन्द्रबाट तीनजना मन्त्री बन्दै
२०८१ वैशाख १८, मंगलबार
फिल्ममा डेभ्यु गर्दै म्यूजिक भिडियोमा चर्चित सनिशा
२०८१ वैशाख १८, मंगलबार
‘मेरो विद्यालयलाई, मेरो वार्षिक एक हजार रुपैयाँ’ अभियान प्रभावकारी
२०८१ वैशाख १८, मंगलबार
कर्णाली सरकारले आजै पूर्णता पाउँछः मुख्यमन्त्री कँडेल
२०८१ वैशाख १८, मंगलबार
राष्ट्रवादी शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्छ : कमल थापा
२०८१ वैशाख १८, मंगलबार