असार २८, २०८२ शनिबार July 12, 2025

सात संसदीय समितिको बैठक बस्दै

अर्थ समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट कार्यान्वयन सम्बन्धी छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः संघीय संसद्का सात वटा संसदीय समितिको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक अहिले विहान १० बजे बस्दैछ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, अर्थ समिति, महिला तथा सामाजिक मामिला समितिको बैठक ११ बजे बस्दैछ । त्यस्तै, संयुक्त संसदीय सुनुवाई समितिको बैठक पनि बिहान ११ बजेलाई नै बोलाइएको छ ।

मध्यान्ह साढे १२ बजे राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति र दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले बैठकमा नेपाल सरकार (मन्त्रीस्तर) बाट पछिल्लो समयमा भएका वैदेशिक भ्रमणको विवरण (उद्देश्य एवं उपलब्धि सहित), इजरायल, रुस र युक्रेनमा रहेका नेपालीको विवरण र वर्तमान अवस्था, विदेशस्थित नेपाली नियोगको विवरण (तिनको वर्तमान अवस्था, भोग्नुपरेका समस्या र सुधारका पक्ष)का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

मंगलबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले पनि भानुभक्त प्राणी उद्यानको मुआब्जा, जडिबुटी अध्ययन तथा अनुसन्धानका नीतिगत तथा कानूनी जटिलता एवं डढेलो तथा हात्ती आतंक नियन्त्रणसम्बन्धी समस्याका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयका मन्त्री–सचिव एवं सम्बन्धित विभागका विभागीय प्रमुख, अर्थ मन्त्रालयका सचिव र सम्बन्धित सरोकारवालासँग छलफल गर्दै छ ।

यस्तै, अर्थ समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट कार्यान्वयन सम्बन्धी छलफल हुनेछ भने महिला तथा सामाजिक मामिला समितिको बैठकमा राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चसँग छलफल गर्ने कार्यसूची राखेको छ ।

विधायन व्यवस्थापन समितिको बैठकमा समितिगत विषमा छलफल हुँदा विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आगामी बजेट २०८१/०८२ का सम्बन्धमा पूर्वबजेटबारे छलफल हुनेछ ।संसदीय सुनुवाइ समितिले भने प्रस्तावित महालेखा परीक्षक तोयाम रायाको संसदीय सुनुवाइ गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार