वैशाख १८, २०८१ मंगलबार April 30, 2024

निःशुल्क आँखा शिविरबाट एक हजार लाभान्वित

पालिकाभित्रका प्रत्येक वडामा सञ्चालन गरिएको शिविरबाट मोतियाविन्दुको पहिचान भएका ७८ जनाको शल्यक्रिया

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  गोरखा जिल्लाको भीमसेन थापा गाउँपालिकामा आयोजित सातदिने निःशुल्क आँखा  शिविरबाट एक हजार लाभान्वित भएका छन्।

गाउँपालिका, गोरखा लायन्स आँखा सेवा केन्द्र, नेत्रहीन सङ्घ पुनः स्थापना कार्यक्रम गोरखाको संयुक्त आयोजना र भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो।

शिविरमा गाउँपालिकाका आठवटै वडामा गरी एक हजार ५८ जनाले आँखाको जाँच तथा उपचार गराएको गोरखा लायन्स आँखा सेवा केन्द्रका प्रशासकीय अधिकृत विश्वप्रकाश अर्यालले जानकारी दिए।

शिविरमा आँखा जाँच गराएकामध्ये मोतियाविन्दुको पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको उनले बताए।

पालिकाभित्रका प्रत्येक वडामा सञ्चालन गरिएको शिविरबाट मोतियाविन्दुको पहिचान भएका ७८ जनाको स्थानीयस्तरमै शिविर सञ्चालन गरी शल्यक्रिया गरिएको अधिकृत अर्यालले बताए।

शिविरमा  नौ सय १७ जनालाई औषधि तथा ७८ जनालाई निःशुल्क चस्मा वितरण गरिएको थियो। –रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रभु शाहको आजपाले बैशाख २० गते भन्सार विभाग घेराउ गर्ने
२०८१ वैशाख १८, मंगलबार
समृद्धि हासिल गर्न तीन तहको सरकारबीच सहकार्य आवश्यक : महामन्त्री शर्मा
२०८१ वैशाख १८, मंगलबार
राप्रपा सांसद बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी
२०८१ वैशाख १८, मंगलबार
जनक शिक्षाद्वारा रु १८ करोड ६७ लाख मूल्य बराबरका पाठ्यपुस्तक बिक्री
२०८१ वैशाख १८, मंगलबार
संसदीय समितिलाई क्रियाशील बनाउन सभापतिहरुलाई सभामुख घिमिरेको निर्देशन
२०८१ वैशाख १८, मंगलबार
डिजेल र मट्टितेलको मूल्य घट्यो
२०८१ वैशाख १८, मंगलबार
पूर्वाञ्चलमा थपलिया र मध्यपश्चिम विश्वविद्यालयमा गौतम उपकुलपति नियुक्त
२०८१ वैशाख १८, मंगलबार