असोज २, २०८२ बिहिबार September 18, 2025

इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?

प्रदर्शनको भिडियो सामाजिक सञ्जालमा पनि शेयर हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा पनि देखिएको छ । गुगलका कर्मचारीहरूले क्यालिफोर्निया र न्यूयोर्कस्थित आफ्नो कार्यालय परिसरमा ब्यानरसहित विरोध प्रदर्शन गरेका छन् ।

उनीहरूले गुगलले इजरायली सरकारसँग काम गर्न नहुने माग राखेका छन् । गुगल क्लाउडका प्रमुख कार्यकारी अधिकृतको कार्यालयमा करिब आठ घण्टासम्म विरोध प्रदर्शन भएको थियो, तर पनि उनी नहटेपछि प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरेको थियो । प्रदर्शनको भिडियो सामाजिक सञ्जालमा पनि शेयर भइरहेको छ ।

मिडिया रिपोर्टका अनुसार सम्पूर्ण विरोधको मुख्य कारण प्रोजेक्ट निम्बस हो, जुन २०२१ मा गुगल र इजरायल सरकारबीच हस्ताक्षर भएको थियो । एआई ठेक्का परियोजनाको लागत एक अर्ब डलर छ । मंगलबार गुगल क्लाउडका सीईओ थोमस कुरियनको कार्यालयलाई कर्मचारीको एक समूहले घेरा हालेका थिए । उनीहरुले लगातार आठ घण्टासम्म प्रदर्शन गरे । उनले आफ्नो प्रस्तुतिको प्रत्यक्ष प्रसारण पनि गरेका थिए । प्रदर्शनकारीहरूले गुगलले इजरायल र इजरायली सेनासँगको सबै सम्बन्ध तोड्न माग गरेका छन् ।

प्रदर्शनकारीहरूले प्रोजेक्ट निम्बस र इजरायली सरकारको समर्थनको आलोचना गरेका छन् । कम्पनीमा सफ्टवेयर इन्जिनियरका रुपमा कार्यरत कैयौं कर्मचारीहरुले प्रोजेक्ट निम्बसका कारण राजीनामा दिएको समेत बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रौतहटमा सुशासन प्रर्बद्वनका लागि १९ बुदेँ प्रतिबद्वता
२०८२ असोज २, बिहिबार
राष्ट्रपति पौडेलसमक्ष दुई आयोगको प्रतिवेदन पेश
२०८२ असोज २, बिहिबार
उच्च मनोबलका साथ काम गर्न गृहमन्त्री अर्यालको निर्देशन
२०८२ असोज २, बिहिबार
प्रधानमन्त्री कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज फोनवार्ता
२०८२ असोज २, बिहिबार
इजरायल-कतार युद्धपछि साउदी-पाकिस्तानबिच आपसी रक्षा सम्झौता, आणविक छायामा नयाँ समीकरण
२०८२ असोज २, बिहिबार
भ्रष्टाचारविरुद्धको आन्दोलनबारे १५ नागरिक समाज प्रतिनिधिबाट राष्ट्रपतिलाई संयुक्त ज्ञापनपत्र
२०८२ असोज २, बिहिबार
सहरी विकासको भवनबाट भौतिक पूर्वाधार मन्त्रालय सञ्चालन गर्ने तयारी
२०८२ असोज २, बिहिबार