असार १०, २०८३ बुधबार June 24, 2026

युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी

दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै ५१ जना घाइते भएको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बेरुत, १५वैशाख (रासस/क्युएनए) :इजरायली सेनाले अप्रिल– १६ देखि सुरु भएको युद्धविराम उल्लङ्घन गर्दै मङ्गलबार पनि दक्षिणी लेबनानमा आक्रमण जारी राखेको छ ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सीले इजरायली लडाकु विमानहरूले नबातीह जिल्लाको जाव्तार अल–शार्कियाह सहरमा तीन वटा हवाई आक्रमण गरेको रिपोर्ट गरेको छ । यसै बीच दक्षिणी लेबनानको बिन्ट जेबिल जिल्लाको ह्यारिस सहरमा इजरायली हवाई आक्रमण गरे पछि धेरै मानिसहरू बेपत्ता भएको जनाइएको छ ।

इजरायली लडाकु विमानहरूले टायर जिल्लाको जबल अल–बटुम सहरमा आक्रमण गरेको तथा बिन्ट जेबिलमा भारी मेसिन गनहरू प्रहार गरेको जनाइएको छ ।

लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै ५१ जना घाइते भएको घोषणा गरेको छ ।

दक्षिणी लेबनानमा आक्रमण जारी राखेर, इजरायली इकाईले अप्रिल– १६ मा लागु भएको १० दिने युद्धविरामको उल्लङ्घन गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया