बैसाख १५, २०८३ मंगलबार April 28, 2026

युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी

मस्कोले युरोपेली युनियन (ईयू) का अधिकारीहरूलाई रूसी क्षेत्र प्रवेश गर्न प्रतिबन्ध लगाएको घोषणा गरेपछी ...

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मस्को, १५वैशाख । रूसी विदेश मन्त्रालयले युरोपेली युनियनले लगाएको नविन प्रतिबन्धको प्रतिक्रियामा मस्कोले युरोपेली युनियन (ईयू) का अधिकारीहरूलाई रूसी क्षेत्र प्रवेश गर्न प्रतिबन्ध लगाएको घोषणा गरेको छ ।

युक्रेनलाई सैन्य सहायता दिने निर्णयमा संलग्न युरोपेली संस्था र ईयू सदस्य राष्ट्रका प्रतिनिधिहरूको प्रवेशमा मस्कोले प्रतिबन्ध लगाएको विदेश मन्त्रालयले विज्ञप्ति मार्फत पुष्टि गरेको छ ।

मन्त्रालयले ईयूको प्रतिवन्द नविकरण निर्णयहरूको प्रतिक्रियामा, रूसी पक्षले ईयूसँग सम्बन्धित संस्थाहरू, ईयूका सदस्य राष्ट्रहरू, र धेरै युरोपेली प्रतिनिधिहरू सहितको प्रतिवन्द सूची विस्तार गरेको जनाएको छ ।

यसै गरी प्रतिवन्द सूचीमा युरोपेली युनियन सँगको समन्वय तथा युक्रेनलाई सैन्य सहयोग गर्ने निर्णयमा संलग्न अन्य धेरै युरोपेली देशका प्रतिनिधिहरूलाई समावेश गरी विज्ञप्ति जारी गरिएको जनाइएको छ ।

यस अघि अप्रिल – २३ मा ईयूले रूस विरुद्ध २० औं प्रतिबन्धको नविकरण गरेको थियो । रासस/क्यूएनए

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गर्मी बढेसँगै शुक्लाफाँटामा सुक्न थाले ताल
२०८३ बैसाख १५, मंगलबार
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्ट्रपति ट्रम्प असन्तुष्ट : रिपोर्ट
२०८३ बैसाख १५, मंगलबार
पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै पर्सा राष्ट्रिय निकुञ्ज
२०८३ बैसाख १५, मंगलबार
बालसुधार गृह सञ्चालन गर्न आर्थिक समस्यामा
२०८३ बैसाख १५, मंगलबार
ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
२०८३ बैसाख १५, मंगलबार
युरोपेली युनियनको नविन प्रतिवन्दको प्रतिक्रीयामा रूसद्वारा ईयु अधिकारीलाई रूसी क्षेत्र प्रवेश प्रति वन्द जारी
२०८३ बैसाख १५, मंगलबार
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
२०८३ बैसाख १५, मंगलबार